१ चैत, स्पेन ।

बेल्जीयम, पोर्चुगल र स्पेनमा सम्पन्न नेपाली कांग्रेस निकाटको भ्रातृ संगठन जनसम्पर्क समितिको निर्वाचनको क्रममा पत्रकारलाई रोक लगाइएको प्रति युरोपका पत्रकारले विरोध गरेका छन् ।

निर्वाचनको मतगणना स्थलमा समाचार संकलनको लागि गएका पत्रकारलाई निषेध गरिएको भन्दै युरोपका पत्रकारले विरोध गरेका हुन् । समाचार संकलन गर्न गएका पत्रकारहरु प्रति देखाइएको व्यवहारको विरोध गर्दै मत परिणाम सार्वजनिक नगर्ने भन्दै पत्रकारहरुले विरोध गरेका थिए ।

लोकतन्त्रको ठेकोदार दावी गर्ने काग्रेसका भातृसंगठनले निर्वाचनमा स्थलगत रिर्पोट संकलन गर्नै पत्रकार माथी दुर्व्यवहार गरिएको भन्दै नेपाल पत्रकार महासंघ युरोपका बरिष्ठ उपाध्यक्ष ओम शर्माले विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जनचासोको विषयलाई संचार जगतको पहुँच बाहिर राख्ने दुस्साहस नगर्न चेतावनी समेत दिएका छन् ।

त्यसैगरि स्पेनमा रहेका पत्रकार बसन्त रानाभाटले पनि घटनाको बारेमा थप छलफल नभएसम्म मत परिणामबारे कुनै समाचार प्रकासित नगर्ने निर्णय गरेको बताएका छन् ।

यसबारे जानकारी लिन खोज्दा जनसम्पर्क समिति बेल्जियमकी नवनिर्वाचित सभापती सीता सापकोटाले फोन रिसीइभ गरिनन् ।

यसै वीच जनसम्पर्क समिती वेल्जीयमको सम्पन निर्वाचनले सीता सापकोटाको नेतृत्वमा नयां कार्यसमिती चयन गरेको छ । सहमतीको प्रयास असफल भएपछि निर्वाचनद्धारा नयाँ नेतृत्व चयन गरिएको हो ।

जनसम्पर्क समिती वेल्जीयममा रहेका १ हजार ३ सय ३६ मतदाता मध्ये १ हजार ७२ जनाले मतदान गरेका थिए । सीता सापकोटाले ५ सय ६४ मत प्राप्त गरेकी थिइन भने निकट्तम प्रतिद्धन्दी माधव सापकोटाले ४ सय ७९ मत प्राप्त गरे ।

त्यसै गरि नयाँ कार्यसमितीको वरिष्ठ उपाध्क्षमा देवु शर्मा, उपाध्यक्षमा नरहरी सापकोटा, कमल सिटौला, महमन्त्रीमा दिनेश भण्डारी र सुवास गुरुङ, कोषध्यक्षमा विराट जोशी , सहमहामन्त्रीमा धर्म पाठक विजयी भएका छन् ।