१० माघ, एजेन्सी । हिजोआज युवतीहरूमा ‘कुमारी’ हुने क्रेज बढन् थालेको छ । छिमेकी मुलुक भारतका विभिन्न सहरमा नाम चलेका सर्जनहरूलाई युवतीहरूमा देखिएको यो क्रेजले व्यस्त बनाएको सञ्चार माध्यमले जनाएका छन् । 
विवाह गर्नुअघि कुमारी हुन चिकित्सक कहाँ गएर अप्रेशन गराउने युवतीको विशेषज्ञ डाक्टर कहाँ लाइनै लाग्ने गरेको समाचारमा जनाइएको छ । पतिसंग पहिलो रात विताउँदा ‘विग्रेकी केटी’ नभनोस् र दाम्पत्य जीवनमा कुनै खरावी नआओस् भनेर युवतीहरु यस्तो अप्रेशनमा आकर्षित भएको बताइन्छ ।
कतिपयले यसलाई अन्ध विश्वासका रुपमा लिए पनि पढेलेखेकै युवतीहरुमा यस्तो क्रेज देखिएको चिकित्सकहरू बताउँछन् । एक चिकित्सकका अनुसार सम्झाउँदा पनि युवतीहरुले जिद्दी गर्ने गरेका छन् । शारीरिक श्रमका काम गर्दा, साइकल चढ्दा, उफ्रदा, दोडदाँ पनि योनीको भित्री भागमा रहेको पातलो झिल्ली च्यातिन्छ । यो झिल्ली च्यातिन सेक्स सम्वन्धनै राखेको हुनु पर्छ भन्ने नभएको भन्ने जान्दा जान्दै पनि युवतीहरुले झिल्ली प्रत्यारोपण गर्न जिद्दी गर्ने गरेको चिकित्सकहरूको कथन छ ।
भारत, हैदरावादका प्लाष्टिक सर्जन डा. भवानीप्रसादका अनुसार यस्तो अप्रेशन गराउन पहिले एक्का दुई आउने गरेकामा अहिले त लाइनै लाग्ने गरेको छ । यो सजिलो अप्रेशन हो । यो अप्रेशन गर्दा योनीभित्र १ इन्चको सानो घाउ बनाएर च्यातिएको झिल्ली मर्मत गरेर राखिन्छ । यो घाउ देखिने खालको हुँदैन र चाँडै निको हुने भएकाले युवतीहरुको आकर्षण वढेको डा. भवानीप्रसाद बताउँछन् । सानै अप्रेशन भए पनि संवेदनशिल भएकाले विशेषज्ञकै सेवा लिन सल्लाह दिने गरेको बताउँदै उनी भन्छन् ‘अप्रेशन गरेपछि एक हप्ता भारी काम नगर्न सल्लाह दिने गरेको छु ।’
यस वाहेक आजकाल युवतीहरूमा योनीको मांशपेसी कसिलो बनाउने क्रेज बढेको डा. भवानीप्रसाद बताउँछन् । झिल्ली प्रत्यारोपणभन्दा योनीको मांशपेसी कसिलो बनाउन महंगो र अलि जटिल रहेको उनको भनाइ छ । तर, झिल्ली प्रत्यारोपण भन्दा युवतीहरु मांशपेसी कसिलो बनाउन इच्छुक रहेको उनको अनुभव छ । झिल्ली हाल्न विवाह नभएका र विवाह गर्न लागेकाहरु आउँछन् भने मांशपेसी कसिलो बनाउन पाका उमेरका पनि आउने गरेको उनले बताए ।