१३ भदौ, काठमाण्डौ ।

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगशे भट्टराईले कैलाली टिकापुर घटनामा एमाओवादीका नेताहरु वर्षमान पुन र जनार्दन शर्माले योजना बनाएको आरोप लगाए पछि त्यसले राजनीतिक तरंक मच्चाएको छ ।

यसबारे एमाओवादी नेता पुनले एमाले सचिव भट्टराई पागल भएको र मानसिक समस्या देखिएको टिप्पणी गरेका छन् ।

barsaman pun 3

हेडलाइन्ससँग कुरा गर्दै नेता पुनले यस बारे आफूहरुले बोलेको कुरा के हो भनेर भट्टराईसँगै बुझ्ने र त्यही नै बोलेको भए एमाले अध्यक्षसँग कुराकानी गर्ने गरी गम्भीर रुपमा लिएको बताए । यो सामान्य कुरा नभएको भन्दै पुनले यो कुराले एमाले सचिव भट्टराईलाई गम्भीर असर गर्ने पुनको भनाई छ ।

संसदमा जवाफ दिँदा एमाले उपाध्यक्ष एवं गृहमन्त्री बामदेव गौतमले दक्षिण तिरबाट घटना घटाइएको हो भनेर भन्ने तर अहिले आफूहरुलाई आरोप लगाउनु उत्तेजना फैलाउने अराजक मानसिकताबाट आएको अपराधिक सोच भएको पुनले टिप्पणी गरे ।

कैलाली घटना अराजक हुदैछ भनेर जान्दा जान्दै पनि गृहमन्त्री गौतमले सतकर्ता नअपनाएको, पर्याप्त सुरक्षाकर्मी नपठाएको र पठाएकलाई पनि गोली हान्ने अधिकार नदिएको भन्दै पुनले गृहमन्त्री माथि पनि गम्भीर आशंका उत्पन्न भएको बताए । उनले भने, ‘त्यसैले यो घटनाका बारेमा कि त गृहमन्त्री जानकार छन् कि त योगेश भट्टराई ।’