८ साउन, काठमाडौं ।

यो वर्ष रक्षाबन्धन र नागपञ्चमी वर्प एकै दिन परेको छ । पञ्चाङ्ग निर्णायक समितिले १ सय १० वर्षमा चौथोपटक रक्षाबन्धन र नागपञ्चमी पर्व एकै दिन मनाउन भनेको छ ।

समितिले आज प्रेस विज्ञप्ती निकालेर यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी मनाउन सुझाव दिएको हो ।

पञ्चाङ्ग समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिका जस्ता ग्रन्थहरुका आधारमा यो निर्णय लिइएको विज्ञप्तीमा जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा कुनै भ्रममा नपर्न र साउन १३ गते नै रक्षाबन्धन गर्न आग्रह गरिएको छ ।

नागपञ्चमी र रक्षाबन्धन यसअघि विक्रम सम्बत १९६३, १९८२, २०२८ र २०४७ सालमा एकैपटक परेको थियो ।