४ जेठ, बेनी (म्याग्दी) । आज बिहान ५ बजे सार्वजनिक गरिएको परिणामअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका भवबहादुर भण्डारी चार हजार ४३४ मत प्राप्त गरी विजयी भएका छन ।

भण्डारीका प्रतिस्पर्धी नेकपा एमाले–नेकपा माओवादी (केन्द्र) संयुक्त गठबन्धनका खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गरेको रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिएका छन । शाही नेकपा (एमाले) का हुन ।

त्यसैगरी, उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्रका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त भएका छन । भण्डारी नेकपा (माओवादी केन्द्र)का हुन ।

आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकाका सातवटा वडामा नेपाली काँग्रेस र एक वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । रासस