५ कात्तिक, काठमाडौं ।

नेकपा एमालेको युवा संगठन युवासंघ नेपालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सचेत गराएको छ ।

ओली र भारतको दवावमा परेका देउवाको नयाँ रणनीति

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि भारतीय दुतावासको चलखेल बढेका समाचार प्रकाशित भएपछि युवा संघले यस्तो चेतावनी दिएको हो ।

Yuba Sangh

फाइल तस्विर

युवासंघले शुक्रबार निकालेको विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय छिमेकी मुलुक भारतका राजदूत रञ्जित रेले पदीय मर्यादाको कुनै हेक्का नराखी आफ्नो गतिविधिहरु सञ्चालन गरेकोप्रति युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । देशको राजनीतक र प्रशासनिक गतिविधिहरुमा राजदूत जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादा र भूमिका भुल्नु उचित होइन । यसरी नेपालको आन्तरिक मामलामा भइरहेको अनावश्यक र पदीय मर्यादा भुलेर कुनै पनि गतिविधि नगर्न राजदूत रेलाई आग्रह गर्दछौं । हेक्का रहोस्, नेपालले कहिल्यै कुनै देशको हस्तक्षेप स्वीकारेको छैन । “

१७ वर्ष अघि एसएलसी बोर्ड फष्ट भएकी सुम्निमा यसरी भेटिइन्

नेपालको सार्वभौम सत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएको भन्दै युवासंघले सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकोप्रति युवा संघ नेपालले आपत्ति जनाएको छ ।

स्मरण रहोस् हिँजो विहीबार संसदमा प्रस्तुत गर्ने गरी दर्ता गरिएको लोकमानविरुद्धको महाअभियोग प्रस्ताव रोक्न र लोकमानको सम्मानजनक बहिर्गमनका लागि उनको राजिनामा गराउने प्रस्ताव दुताबासबाट आएपछि प्रस्ताव दर्ता हुने भनिएको संसद बैठक स्थगित भएको चर्चा छ।

पढ्नुस् विज्ञप्तिको पूर्ण पाठः

प्रेस विज्ञप्ती

नेपाली जनताका प्रतिनिधि सम्मिलित संविधानसभाबाट अग्रगामी, प्रतिशील र जनपक्षीय संविधान जारी भएपछि मुलुक संविधान कार्यान्वयनको संक्रमकालीन अवस्थामा छ । सात दशक लामो नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धीसहितको संविधान कार्यान्वयनको जटिल समयमा विभिन्न प्रकृतिका अवरोधहरु देखा परेका छन् । दलहरुबीच सहमति कायम हुन नदिने, सामाजिक सद्भाव कायम हुन नदिने र मुलुकलाई सँधै अस्थिर राख्न चाहने तत्वहरुको चलखेलहरु बेलाबेला देखिने गरेको छ ।

नेपालको सार्वभौम सत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन् । यहाँको सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकोप्रति युवा संघ नेपालले सँधै आपत्ति जनाउँदै आएको छ ।

पछिल्लो समय छिमेकी मुलुक भारतका राजदूत रञ्जित रेले पदीय मर्यादाको कुनै हेक्का नराखी आफ्नो गतिविधिहरु सञ्चालन गरेकोप्रति युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । देशको राजनीतक र प्रशासनिक गतिविधिहरुमा राजदूत जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादा र भूमिका भुल्नु उचित होइन । यसरी नेपालको आन्तरिक मामलामा भइरहेको अनावश्यक र पदीय मर्यादा भुलेर कुनै पनि गतिविधि नगर्न राजदूत रेलाई आग्रह गर्दछौं । हेक्का रहोस्, नेपालले कहिल्यै कुनै देशको हस्तक्षेप स्वीकारेको छैन ।
प्रभात बिक्रम कटुवाल
प्रवक्ता
युवा संघ नेपाल

यो पनि हेर्नुस्

लोकमान प्रकरणमा प्रचण्डलाई च्यालेञ्ज गरेकी माओवादी सांसदको अर्को स्ट्याटस

लोकमान विरुद्ध लाग्दा गगन थापा र विश्व प्रकाशले कांग्रेस भित्रैबाट भेटे भयंकर डाइलग