१७ फागुन, काठमाडौं।

बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले बीबीसीबाट राजिनामा दिएका छन्।

पत्रकारिता छोडेर उनले राजनीतिमा आउन राजीनामा दिएका हुन। आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनले भनेका छन्– हामी छिटै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं। कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भए पनि ती दलबाट यो देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ-संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका सबै नेपालीहरूलाई हामी शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी राजनीतिक उभारका लागि हामीले निर्माण गर्न लागेको मञ्च उपयोग गर्न आग्रह गर्दछौं। ‘

मिश्रले केही समय यता नयाँ खालको राजनैतिक शक्ति निर्माण गर्न पहल गर्दै आएका पनि थिए। उनले सार्वजनिक रुपमै पनि यसको बहस चलाउँदै आएका छन् ।

मिश्रले विभिन्न राजनैतिक पार्टीका युवा नेताहरु, पूर्व प्रशासक र नागरिक समाजका केही मानिसहरुलाई समेटेर नयाँ दल निर्माण गर्न प्रयत्न गरिरहेका छन्।

बीबीसीबाट निकै नाम र चर्चा कमाएका मिश्रले आफूलाई हेल्प नेपाल नामक सस्थाबाट समाजसेवामा स्थापित नै गरिसकेका छन्। परिवर्तन हाम्रो आफ्नै जीवन कालमा भन्दै उनले अभियाननै चलाएका छन्।

मिश्रको सामाजिक सञ्जालमा निकै राम्रो उपस्थिति र त्यतिनै राम्रो छवि पनि छ।

के छन् मिश्रका विकल्प ?

रवीन्द्र मिश्रले छुट्टै राजनैतिक शक्ति निर्माण गरेर अघि बढ्ने बताउँदा छिट्टै बन्ने त्यस्तो पार्टीमा को को हुनेछन् भन्ने कौतुहलता बढेको छ ।

स्रोतका अनुसार मिश्रले कांग्रेसबाट गगन थापा, एमालेबाट रवीन्द्र अधिकारी, घनश्याम भुषाल जस्ता नेतालाई समावेश गर्ने अन्तिम समयसम्म पहल गर्ने छन्। समावेश हुने सूचिमा नागरिक समाजका लोकप्रिय छवि भएका व्यक्तिहरु र केही पूर्व प्रशासक समेत समावेश हुन सक्दछ्न्। मिश्रले समावेश गर्ने चाहेका एक पूर्व प्रशासक लिलामणि पौडेल चीनको राजदुत भइसकेका छन्।

उनले सूर्यराज आचार्य, डा.सरोज धिताल, पूर्वमाओवादी नेता मुमाराम खनाल जस्ता व्यक्तिलाई समेट्ने संभवना छ।

यसै गरि मिश्रले अभिनेता राजेश हमाल, डा. गोबिन्द केसी जस्तालाई समावेश गर्न सक्ने चर्चा छ।

यो पढ्नुस्।

मैले बीबीसीबाट यसकारण दिए राजीनामा – रवीन्द्र मिश्र

मधेसी मोर्चालाई प्रचण्डको २ प्रश्न