हेमन्त गिरी

राजनीति बुझेको वा नबुझेको, बच्चा, युवा वा बृद्ध, जो कसैलाई पनि नेपाली राजनीतिको बारेमा सोध्नुभयो भने अधिकांशबाट एउटै जवाफ आउँछ,’ राजनीति फोहोरी खेल हो’ । नेपाली सनातन राजनीतिले स्थापित गरिदिएको सत्य भएर होला, मनमा जे भए पनि मान्छे मुखले यही बोल्छ ।

लेखक

सत्य यो मात्र पनि होइन, सत्य अर्को पनि छ । मुखले जतीसुकै फोहोर हो भने पनि कुनै न कुनै रूपमा प्रत्येक नेपाली राजनीतिमा जोडिन चाहिं चाहन्छ ।

कोहि पर्दा पछाड़ीबाट त कोहि पर्दा अगाडी देखिने गरी । यो अर्को स्थापित सत्य हो नेपाली राजनीतिको । नेपालमा राजनीति गर्न सजिलो पनि छ ।

यदि राजनीति गरेर प्राप्त गर्नु पर्ने लक्ष्य सांसद वा मन्त्री हो भने त्यो ज्यादै सहज छ नेपालमा । चानचुन सामाजिक संजालकै प्रशंसकले भोट दिए मात्र पनि समानुपातिकबाट १–२ सीट सुरक्षित हुन्छ संसदमा । १–२ सीट भनेको मन्त्री हुन पर्याप्त हो नेपालमा ।

यसर्थ ‘राजनीति के हो?’ भन्ने प्रश्नको समष्टी उत्तर यस्तो हुन आउँछ, ‘नेपाली राजनीति सजिलो फोहोरी खेल हो’ ।

विश्वमाझ नै फोहोरी कहलिएको नेपाली राजनीतिको फोहोर सफा गर्ने आँट कसै न कसैले त गर्नै पर्थ्यो । त्यो आँट मिश्रले देखाउने छाँट गरेका छन, बरु सबै मिलेर उनलाई शुभकामना र हौसला दिऊँ । यसो भन्दै गर्दा जीवनको ऊर्जाशील समय अन्य क्षेत्रमा लगाउने, नाम दाम कमाउने, मिठो बोलेर प्रशंसक बटुल्ने, राजनीतिलाई फोहोरी खेल मात्र भनिरहने, राजनीतिज्ञलाई धारे हात मात्र लाइरहने अनि जीवनको उत्तरार्धमा राजनीति अंगाल्ने प्रवृत्ति झन घातक हो देशको लागि । विस्वास गरौं, मिश्रको सन्दर्भमा यो प्रवृत्ति लागू नहोस् ।

नेपाली समाजमा स्थापित यो उत्तरलाई फेर्नु चाहिं छ । फेर्न कसले सक्छ ? अर्को जटिल प्रश्न छ ।

यो जटिल प्रश्नको समाधान खोज्ने साहस गरेर राजनीतिमा होमिने उद्घोष गरेका छन, लामो समय उत्कृष्ट पत्रकारिता गरेका बीबीसी नेपाली सेवाका पूर्व प्रमुख रवीन्द्र मिश्रले ।

आफ्नो नियमित पेशाबाट आर्जन गरेको नाम वा द्रव्य भजाएर राजनीतिमा होमिन खोज्ने मिश्र पहिलो व्यक्ति चाँही होइनन् । कलाकार, ब्यापारी, उद्योगपति लगायतका धेरैजना राजनीतिक बहावमा यसअघि नै होमिइसकेका छन, कमै मात्र पार लागेका छन् ।

मिश्रको पाटो फरक छ, उनी राजनीतिलाई नजिकबाट नियालेर, बुझेर राजनीतिमा लाग्ने आँट गरेका व्यक्ति हुन । त्यसैले उनलाई अरुलाई झैं शंका नगरौं ।

विश्वमाझ नै फोहोरी कहलिएको नेपाली राजनीतिको फोहोर सफा गर्ने आँट कसै न कसैले त गर्नै पर्थ्यो । त्यो आँट मिश्रले देखाउने छाँट गरेका छन, बरु सबै मिलेर उनलाई शुभकामना र हौसला दिऊँ ।

मिश्रको सन्दर्भमा यो प्रवृत्ति लागू नहोस् । त्यसो त विद्यार्थी जीवनबाट नै पूर्णकालीन राजनीति गरेकाहरुको प्रकारान्तरमा आउने बैचारिक, व्यवहारिक र राजनैतिक अनुशासनको स्खलन देख्दा मिश्र उत्तम विकल्पको राजनीति लिएर आएका हुन कि भन्ने अपेक्षा पनि गर्न सकिन्छ । तर लामो समयमा निष्ठाको राजनीतिमा जीवन उत्सर्ग गरेका ‘होल टाइमर’ हरुको लागि मिश्रहरु टाउको दुखाइका विषय पनि हुन् । किनकी राजनीतिमा प्रवेश गर्ने मिश्र–पथ सजिलो बाटो हो ।

यसो भन्दै गर्दा नेपाली समाजमा स्थापित एउटा प्रवृत्तिको बारेमा नबोली पनि हुन्न ।

जीवनको ऊर्जाशील समय अन्य क्षेत्रमा लगाउने, नाम दाम कमाउने, मिठो बोलेर प्रशंसक बटुल्ने, राजनीतिलाई फोहोरी खेल मात्र भनिरहने, राजनीतिज्ञलाई धारे हात मात्र लाइरहने अनि जीवनको उत्तरार्धमा अन्य विकल्प जटिल देखेपछि राजनीतिलाई नै सजिलो विकल्प देखेर अंगाल्ने प्रवृत्ति झन घातक हो देशको लागि ।

विस्वास गरौं, मिश्रको सन्दर्भमा यो प्रवृत्ति लागू नहोस् ।

त्यसो त विद्यार्थी जीवनबाट नै पूर्णकालीन राजनीति गरेकाहरुको प्रकारान्तरमा आउने बैचारिक, व्यवहारिक र राजनैतिक अनुशासनको स्खलन देख्दा मिश्र उत्तम विकल्पको राजनीति लिएर आएका हुन कि भन्ने अपेक्षा पनि गर्न सकिन्छ ।

तर लामो समयमा निष्ठाको राजनीतिमा जीवन उत्सर्ग गरेका ‘होल टाइमर’हरुको लागि मिश्रहरु टाउको दुखाइका विषय पनि हुन् । किनकी राजनीतिमा प्रवेश गर्ने ‘मिश्र–पथ’ सजिलो बाटो हो ।

केहि दिन अघि प्रसारित बीबीसी साझा सवालको ४८२ औं अंकमा अखिल प्रमुख नबीना लामाका कुरा सुनेर थकथक नगर्ने जो कोहि होला । उनका अभिव्यक्तिमा विद्यार्थी नेताहरुको खराब राजनीतिक प्रशिक्षणको नमूना देख्न सकिन्थ्यो । त्यसकै आधारमा पनि ऊर्जाशील समयमै राजनीतिलाई अंगालेकाहरु पनि पुराना नेताका गोटी हुन बाहेक के नाप्न सक्दा रहेछन र भनेर अनुमान लगाउन सकिन्थ्यो ।

राजनीतिलाई गहिरो गरी कि विद्यार्थीले देखे बुझेको हुन्छ कि पत्रकारले । विद्यार्थी कालमा त मिश्रले राजनीतिमा होमिने हिम्मत गरेनन, तर पत्रकारितामा कपाल फुलाएर राजनीतिलाई गहिरो गरी बुझेर आएका मिश्रसँग आश गर्न सकिने ठाउँ प्रशस्त छन् । साथै अनगिन्ति जटिलताहरु पनि । जसलाई पार गर्न उनलाई ठूलै सकस पर्ने देखिन्छ । पत्रकारिताबाट प्रख्यातीको शिखरमा रहेका उनले राजनीतिमा प्रस्थान गर्ने गौंडो त सजिलो भेटाएका छन तर बाटो उनले कल्पना गरे भन्दा ज्यादै जटिल हुने निश्चित छ ।

सोही कार्यक्रममा नेबिसंघ प्रमुख नैनशिंह महरले भनेका थिए, ‘फस्ट बेन्चरहरु राजनीतिको लागि तयार नहुने, राजनीति फोहोरी खेल हो भनिरहने, अनि बाध्य भएर लास्ट बेन्चरले राजनीति गर्नु पर्ने अनि त्यसैमा फर्स्ट बेन्चरले आजीवन ताना मारिरहने ? राजनीतिमा आउने हिम्मत गर्नु पर्यो नि’ !

उनको संकेत जेहेन्दार विद्यार्थी राजनीति गर्न नै चाहन्नन भन्ने तर्फ थियो जुन सत्य पनि हो ।

राजनीतिलाई गहिरो गरी कि विद्यार्थीले देखे बुझेको हुन्छ कि पत्रकारले ।

विद्यार्थी कालमा त मिश्रले राजनीतिमा होमिने हिम्मत गरेनन, तर पत्रकारितामा कपाल फुलाएर राजनीतिलाई गहिरो गरी बुझेर आएका मिश्रसँग आश गर्न सकिने ठाउँ प्रशस्त छन् । साथै अनगिन्ति जटिलताहरु पनि । जसलाई पार गर्न उनलाई ठूलै सकस पर्ने देखिन्छ ।

पत्रकारिताबाट प्रख्यातीको शिखरमा रहेका उनले राजनीतिमा प्रस्थान गर्ने गौंडो त सजिलो भेटाएका छन तर बाटो उनले कल्पना गरे भन्दा ज्यादै जटिल हुने निश्चित छ ।

नेपाललाई अहिले चाहिएको कुनै वैकल्पिक दल होइन, वैकल्पिक नेतृत्व हो । मिश्रलाई यहींनेर पहिलो धक्का लाग्नेछ ।

किनकि एक त नेपाली समाज पुरातन वंशवादी राजनीतिले जकडिएको समाज हो, त्यसमाथि स्थापित पुराना शक्तिहरुबाट पालित, पोषित अनि लाभान्वितहरुको भिड, तिनका कुरा, फैलाइने अफवाह र डरलाई चिरेर राजनीतिमा अघि बढ़नु उनलाई फलामको च्युरा चपाउनु सरह हुनेछ ।

उनले कड़ा शब्दमा हरेक दलका नेतालाई प्रश्न सोध्ने गर्थे, ‘आखिर तपाइँहरूलाई देश बनाउन कसले छेकेको छ’ ? अब उनले यसको उत्तर त्यहिं भित्रै छाम्नेछन । उनले सोध्ने गर्थे, ‘आखिर कुन शक्तिले तपाइँहरुलाई मिल्न दिएको छैन’? अब त्यो शक्तिलाई उनले त्यहिं भित्रै चिन्ने छन वा चिनिसकेका पनि होलान ।उनले प्रश्न सोध्नभन्दा उत्तर दिन मुस्किल हुँदो रहेछ भन्ने महसूस गर्नेछन्, चोर औंला देखाउन भन्दा मुट्ठी पार्न मुस्किल हुँदो रहेछ भन्ने महसूस गर्नेछन ।

मिश्रले धेरैपटक भनिसकेका छन, ‘फोहोर सफा गर्न फोहोरमै हात हाल्नुपर्छ, आफू पनि फोहोरी भइन्छ भन्ने पनि थाहा छ तर आफुलाई त्यो फोहोर पखालेर सफा बनाउन सकिन्छ कि सकिन्न भन्ने मुख्य चुनौती हो’ भनेर ।

यस्तो दृढ़ निश्चय सहित राजनीतिमा आएका मिश्र एक दुई सीट जितेर संसद वा मन्त्री बन्न त पक्कै आएका होइनन होला । निश्चित छ, मिश्रले मेलमिलापको राजनीति नअंगाली उनलाई सुखै छैन । मेलमिलापको राजनीतिको लागि झन ठूला अप्ठ्यारा छन नेपालमा ।

उनले कड़ा शब्दमा हरेक दलका नेतालाई प्रश्न सोध्ने गर्थे, ‘आखिर तपाइँहरूलाई देश बनाउन कसले छेकेको छ’ ? अब उनले यसको उत्तर त्यहिं भित्रै छाम्नेछन ।

उनले सोध्ने गर्थे, ‘आखिर कुन शक्तिले तपाइँहरुलाई मिल्न दिएको छैन’? अब त्यो शक्तिलाई उनले त्यहिं भित्रै चिन्ने छन् वा चिनिसकेका पनि होलान ।

उनले सोध्ने गर्थे, ‘युद्ध किन गर्नु भो ? आन्दोलन किन गर्नु भो ? जनतालाई दुःख किन दिनु भो’ ? अब उनले यी सब चीजको अपरिहार्यता (स्वार्थपूर्ण वा निस्वार्थ) त्यहिं भित्रै महसुस गर्नेछन ।

अनि सबैभन्दा ठूलो कुरा, उनले प्रश्न सोध्नभन्दा उत्तर दिन मुस्किल हुँदो रहेछ भन्ने महसूस गर्नेछन्, चोर औंला देखाउन भन्दा मुट्ठी पार्न मुस्किल हुँदो रहेछ भन्ने महसूस गर्नेछन । यी सब चुनौतीको लागि आफूलाई तयार पारेरै उनी राजनीतिमा आएका होलान, उनका सदीक्षाहरुमा शंका नगरौं ।

जतिबेला बूढ़ा गिरिजाप्रसाद कोइराला रत्नपार्कमा लछारपछार पारिंदै थिए, माधब नेपालहरु खोरमा जाकिंदै थिए, प्रचण्ड र बाबुरामका काटिएका टाउका खोजिंदै थिए, त्यतिबेला मिश्रहरु राजनीति आउने कल्पना पनि गर्न सकदैंनथे । अहिले बाटो सजिलो देखे, संचार र सामाजिक संजालको प्रभाव राजनीतिमा देखे, तब आउन लालायित भए भनेर पनि आरोप लगाउन सकिन्छ । तर त्यसरी आरोप पनि लगाइ नहालौं ।

ब्यवस्थाहरु फेरिए । जनताले बलिदान गरे । रगत बग्यो । लाश ढले । नेताहरुका टाउका फुटे । कार्यकर्ताका घरबार उजाडिए । फल स्वरूप देश गणतन्त्रमा गएको छ ।

एकाध लेनदेनका झमेला बाहेक देशको शासनभार अब पूर्ण रूपमा जनताको हातमा गएको छ । एक किसिमले भनौं भने ठूला उथलपुथल पछि देशको राजनीति एउटा लीकमा आएको छ ।

यस्तो बेला पत्रकारिताबाट पाएको प्रसिद्धि भजाएर राजनीति गर्न छट्टु पाराले मिश्र राजनीतिमा आए भनेर आरोप लगाउन पनि सकिन्छ । जतिबेला उहि उमेर समूहका अझ कनिष्ठ गगन थापा, योगेश भट्टराई, रबिन्द्र अधिकारी, लेखनाथ न्यौपानेहरुका टाउको फुट्दै थिए, मिश्र वातानुकुलित बीबीसीको कक्षमा बसेर प्रश्न सोध्दै थिए ।

जतिबेला बूढ़ा गिरिजाप्रसाद कोइराला रत्नपार्कमा लछारपछार पारिंदै थिए, माधव नेपालहरु खोरमा जाकिंदै थिए, प्रचण्ड र बाबुरामका काटिएका टाउका खोजिंदै थिए, त्यतिबेला मिश्रहरु राजनीति आउने कल्पना पनि गर्न सकदैंनथे ।

अहिले बाटो सजिलो देखे, संचार र सामाजिक संजालको प्रभाव राजनीतिमा देखे, तब आउन लालायित भए भनेर पनि आरोप लगाउन सकिन्छ । तर त्यसरी आरोप पनि लगाइ नहालौं ।

यतिबेला नेपाली राजनीति फोहोर भएकै हो । बिगतका बलिदान आफ्नो ठाउँमा, स्थापित दल र तिनका मान्छेका व्यवहारले आम सर्वसाधारणमा राजनीति प्रति वितृष्णा जगाएकै हुन ।

राजनीति फोहोरी खेल होईन, स्वच्छ नीति हो, देशको मूल नीति हो, जनताद्वारा जनताकै लागि शासन गरिने ब्यबस्था भएको देशमा राजनीतिको गलत प्रयोग गरिएको हो, म मेरो नेतृत्वमा राजनीतिलाई सुद्धिकरण गर्छु, जनताको मनोविज्ञानलाई सकारात्मक बनाउँछु’ भनेर यदि कोहि राजनीतिमा होमिन्छ भने हामीले खुला हृदयले स्वागत गर्नुपर्छ ।

राजनीति सेवा हो । सेवा व्यक्तिको महत्वकांक्षा पनि हो । राजनीतिमा लागेर समाज, देश र नागरिकको सेवा गरे बापत आफ्नो नाम र यश फैलाउनु नै एकमात्र महत्वकांक्षा हुनुपर्छ राजनीति गर्नेको । तर नेपालमा राजनीति पेशा बनेको छ, राजनीतिक आस्था धर्म ग्रन्थ जस्तो बनेको छ, राजनीतिक बिचार ब्यापारीका कमाउने पोलिसी जस्ता बनेका छन ।

वंशाणु राजनीतिले नेपालमा जरो गाढेको छ । आज रवीन्द्र मिश्रको लागि सामाजिक संजाल र सार्वजनिक संचारमा हजारौं शुभकामना र प्रशंसाका शब्द खर्चिने र राजनीतिमा उनको आगमनबाट उत्साहित हुने युवा चुनावको ठीक अघिल्लो दिन ८–१० लीटर पेट्रोलमा सजिलै बिक्न सक्छ, बदलिन सक्छ ।

अहिले हाई हाई र चुनावमा बाई बाई गराउने ठूलो भिड़ छ नेपालमा । त्यो भिडले धेरैलाई चिप्ल्याइदिइसकेको छ । त्यसैले भिड बटुल्न तिर भन्दा नेपालीको राजनीति प्रतिको मनोविज्ञान बदल्ने तर्फ केन्द्रित भई राजनीति गर्न रवीन्द्र मिश्र जी सफल हुनुहोस भन्ने शुभकामना छ ।

हेमन्तबाट अन्य:
छिमेकीबाट तपाईं राष्ट्रवादीहरुले बचाएको देशलाई तपाईंहरुबाट कसले बचाउला ?
मेरो इतिहास ! गर्व कि दम्भ ?!
लालु र काल
बाबु, डाक्टर भएस् !