६ कात्तिक, एजेन्सी।
रुसको साइबेरियामा शुक्रबार राती एक एमआई-८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। घटनामा २१ मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।russia-mi-8-helicopter-221361411

हेलिकप्टरमा चालक दलका ३ सदस्य सहित २५ जना सवार थिए।

फ्लाइट सेफ्टी रेगुलेसनको उल्लङ्घन, कुनै प्राविधिक गडबडी वा मौसमको खराबीका कारण दुर्घटना भएको हुन सक्ने दुर्घटना जाँच समितिले जनाएको छ। कुहिरो लागेकाले उद्धार कार्यमा समेत समस्या भएको थियो। घटनाको जाँच चल्दै छ।

हेलिकप्टरले साइबेरियाको क्रान्सनोयार्स्कबाट उडान भरेको थियो। नेपाली समय अनुसार बेलुकी ७ देखि ८ बजेको बिचमा दुर्घटना भएको हो।

घाइते भएका ३ जना अस्पतालमा उपचाररत छन्।

जाँच सिमितीले हेलिकप्टरको दुवै ब्याल्क बस्क (फ्लाइट डाटा रेकर्डर र भोइस रेकर्डर) भेटेको छ। यसको जाँच पश्चात मात्र दुर्घटनाको सहि कारण पत्ता लाग्ने छ।

साइबेरियाको पश्चिमी क्षेत्रमा अघिल्लो वर्ष पनि एक हेलिकप्टर दुर्घटना भएको थियो। जसमा १५ जनाको ज्यान गएको थियो।