१३ भदौ, एजेन्सी।

रसियाको पहिलो 5G (पाचौं पुस्ताको) फाइटर विमान PAK-FA T-50 ले मस्को नजिकैको ‘अन्तर्राष्ट्रिय एयर शो’ मा आफ्नो उडान शैली पहिलो पटक प्रस्तुत गरेको छ। परिक्षणको लागि बनाइएको यो विमान आर्थिक र प्राविधिक चुनौतिको बाबजुद सन् २०१६मा रसियन वायु सेनाले आफ्नो शक्ति बढाउन उत्पादन सुरु गर्नेछ।PAK-FA-armament-infographic

यो विमानको लागि चाहिने सबै हतियार अनि प्राविधिक आविष्कारहरु सन् २०२० सम्म तयार हुने तय भएको छ। जसमा मिसाइल नै १२ प्रकारका छन्, ६ प्रकार सन् २०१७ सम्ममै तयार हुनेछ। केही मिसाइलहरु हापरसोनिक हुनेछन् अर्थात ध्वनीको गति ३४० मिटर प्रतिसेकेन्ड भन्दा पाँच गुणा छिटो गतिमा हान्न सक्ने मिसाइल यो विमानमा प्रयोग हुनेछ। गुप्तरुपमा उडान भर्नसक्ने यो विमान रसियन वायु सेनाको लागि ठुलो उपलब्धि सावित हुने पश्चिमाहरु अड्कल लगाउदैछन्।PAK_FA_T_50 russia figher plane (1)

अमेरिकासंग पनि पाचौं पुस्ताकै निकै शक्तिशाली फाइटर विमान छ, F-35 । तर अमेरिकी विमान भन्दा यो रसियन विमान अझ शक्तिशाली, छिटो उड्न सक्ने अनि एरोडाइनामिक्समा पनि उत्कृष्ट भएको बताइन्छ। छिटो अनि अधिक उचाइमा उड्नसक्ने गरि बनाइएको यो विमानको मिसाइलको रेञ्ज पनि ठुलो छ।PAK_FA_T_50 russia figher plane (2)

म्याक १.५ (५१०.४३५ मिटर प्रतिसेकेन्ड) भन्दा बढी गतिमा लामो समयसम्म उड्नसक्ने गरि PAK-FA T-50 डिजाइन गरिएको छ। यो अधिकतम म्याक २ (६८०.५८ मिटर प्रतिसेकेन्ड) को गतिमा उड्न सक्ने बताइन्छ।

यो विमानको इन्जिनमा Su-30 फाइटर विमानको Izdeliye 117 वा AL-41F1 इन्जिन प्रयोग गरिएको छ जसले ३३,००० पाउण्डको थ्रस्ट पैदा गर्न सक्छ। तर सोचेभन्दा बढी तापक्रमको साथ काम गरेकाले यसको इन्जिज भने सन् २०२० सम्म डिजाइन गरि नयाँ राखिने छ, जसको नाम Izdeliye 30 हुनेछ।

प्रविधिमा निकै अगाडी भए पनि यसको व्यावसायिक उत्पादनको लागि भने रसियालाई निकै अर्थको आवश्कता पर्ने देखिन्छ। तर अमेरिकी विमान भन्दा शक्तिशाली हुने मानिएको यो विमानले अमेरिकालाई भने झस्काएको छ।

यो पनि पढ्नुहोस्।
विश्वका सबैभन्दा तेज कार, विमान, कम्प्युटर अनि मानिस
चीनसंग रहेका १० घातक हतियार..(फोटोकथा)