एजेन्सी । मान्छे अम्मली हुनु नौलो कुरा होइन तर चिम्पान्जी अम्मली भएको देख्नु सुन्नुभएको छ ? यस्तै अम्मली चिम्पाञ्जी भेटिएको छ रहस्यको देश भनेर चिनिने उत्तर कोरियाको एक केन्द्रीय चिडियाखानामा ।

chimpanji-1 यो पोथी चिम्पाञ्जीले दिनको एक बट्टा अर्थात २० खिल्ली चुरोट पिउने गरेको छ । १९ बर्षीया अम्मली चिम्पाञ्जीको नाम अजाली हो । अजालीले लाइटर भेटे आफैं बालेर चुरोट सल्काउने र नभेटे आफैंले खाइरहेको चुरोटको ठूटोले अर्काै चुरोट सल्काउने गरेको रिपोर्टमा उल्लेख छ । राजधानी प्योङयाङमा रहेको चिडियाखानामा अजिलालाई तालिम दिइरहेका व्यक्तिले उक्सायपछि उसले चुरोट सल्काइहाल्छे ।

smoking-chimp

जनावरहरुलाई अव्यवस्थित रुमा राखिएको भन्दै बन्द गरिएको चिडियाखाना गएको जुलाइमा पुनः खुलेको हो । अहिले चिडियाखाना घुम्न आउनेहरुका लागि अजिला आकर्षणको केन्द्र बनेकी छिन् ।

smoking-chimp-azalea