१२ चैत, एजेन्सी।
बलिउडकी सेन्सेसनल नायिका तथा प्लेव्वाइ ‘बनी’ को नामले चर्चित केटी मिर्जाको ६७ वर्षको उमेरमा निधन भएको छ। लण्डनमा बस्दै आएकी यी नायिकाको आफ्नै घरमा मृत्यु भएको हो। केटीले अमिताभ बच्चन स्टारर फिल्म ‘कसमे बादे’ (सन् १९७८)मा महत्वपूर्ण भूमिका निभाएकी थिइन। यसको साथै सो समय आफ्नो ब्रेस्ट साइज घटाएर विवादमा आएकी थिइन।

यमनमा जन्मिएकी केटीको परिवार सन् १९६९ मा बेलायत सिफ्ट भएका थिए। केटीले ग्राफिक्स डिजाइनिङ पढेकी थिइन । यसैबिच १७ वर्षको उमेरमा उनले मोडलिङको अवसर पाएकी थिइन।

लण्डनकै एक होटलमा रिसेप्सनिस्टको काम गर्दै गर्दा प्लेव्वाय क्लबका एक कर्मचारीको नजरमा उनी परिन। पछि एक अडिसन दिएपछि सन् १९७३ मा प्लेव्वाय ‘बनी’ को नामले चर्चित भइन।

फिल्मबाहेक उनले ‘जेल यात्रा’, ‘अलावा वे द गारल्याण्ड’ र ‘द म्याजसियन अफ समरकन्द’ जस्ता टिभी सिरियलमा पनि काम गरेसकेकी छिन्।