१६ चैत, काठमाडौं ।

संविधानसँग विधान बाझिएको भन्दै निर्वाचन आयोगले राजतन्त्र र हिन्दु राष्ट्र हटाईदिएपछि कमल थापा नेतृत्वको राप्रपा निक्कै आक्रोशित भयो ।

त्यसको विरोधमा राप्रपाले निर्वाचन आयोगको केन्द्रीय कार्यालय र देशभरिका आयोग कार्यालयहरु घेराउ तथा प्रदर्शन गर्यो । प्रदर्शनका क्रममा केही नेता कार्यकर्ता घाइते पनि भए ।

याे पनि पढ्नुसु: राप्रपा आगामी आइतबार सर्वोच्च जाने

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका पार्टी अध्यक्ष कमल थापाले आयोगले आफ्नो निर्णयमा पुर्नविचार नगरे सरकारबाट बाहिरिएर स्थानीय तह निर्वाचन बहिस्कार गर्ने र आन्दोलनलाई निरन्तरता दिने उद्घोष गरेका थिए ।

राप्रपाले सर्वोच्च अदालतमा रिट हाल्ने र रिटको व्यहोरा पनि तयार भइसकेको बताएको थियो । तर निर्वाचन नजिकिदै जाँदा कमल थापा पनि पछि हट्दै गएका छन् ।

एसईईका विद्यार्थीको परीक्षा चलिरहेकाले तत्कालका लागि आन्दोलन स्थगित गरेको बताउने राप्रपाले परीक्षा सकिएपछि पनि आन्दोलनका कुनै कार्यक्रम राखेको छैन ।

नेपाली हेडलाइन्ससँग चैत ११ गते कुरा गर्दै राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले चैत १३ गते सर्वोच्च अदालतमा रिट दायर गर्ने बताएका थिए । तर अहिले भने उनले त्यसको कुनै कार्यक्रम नभएको प्रतिकृया दिए ।

श्रेष्ठले भने, ‘निर्वाचन आयोगले निर्णय सच्च्याए सच्च्याउँछ, नसच्चाए हामी हाम्रा एजेण्डा लिएर जनताको बीचमा जान्छौं । अहिले सर्वोच्च अदालत जाने कुनै कार्यक्रम छैन ।’

याे पनि पढ्नुस् : “पश्चिमा शक्तिले नेपाललाई ‘ककपीट’ बनाएर चीन र भारतलाई टुक्र्याउँदैछन्”