३२ साउन, काठमाडौं ।

राजधानीको कमलादिस्थित प्रज्ञाभवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ । सर चैतन्य सरवात ईनिस्टिच्युटले काठमाडौंमा पत्रकार सम्मेलन गरेर सम्मेलनका बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा नेपाल विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.जिवराज पोखरेलले यस्तो प्रकारकारका गोष्टि नेपालमा प्राय कम हुने गरेको बताए । त्यस्तै ईतिहासविद् डा. निदेशराज पन्तले यस्ता प्रकारका गोष्ठीले पूर्व पश्चिमलाई जोड्नमा मद्दत पुर्याउने दावि गरे ।

उनले भने, ‘हाम्रो नेपालका मात्रै नभएर विश्वका विकसित र शक्तिशाली देशका वैज्ञानिकहरुले पनि खोज र अनुसन्धानमा खटिदै गर्दा त्यसको पछाडि पनि अन्य कारण भएको स्विकार गरेका छन् ।

त्यस्तै कार्यक्रमा श्री चैतन्य सारस्वत सभा नेपालका अध्यक्ष राम मणी नेपालले विज्ञानले प्रतिपादन गरेका अनेकौ सिद्धान्तका पछाडि दर्शनको हात रहेको दावि गरेका छन् ।
२ दिनसम्म चल्ने गोष्ठिमा अमेरिका, बेलायत, ईन्डोनेशिया, इजरायल, कोलम्बिया लगायतका देशका वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।