१२ फागुन, काठमाडौं।

नक्कली प्रहरी बनी राजधानीमा लुटपाट गर्ने भुतपूर्व नेपाली सेना सहितको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम घर भएका विश्वास घर्तीमगर र धनकुमार परियार, गोरखाका नारायण बनियाँ, सुदीप थापा मगर, अशोक बनियाँ र शिवबहादुर बानियाँ रहेका छन् ।

गएको मंगलबार पौने २ बजे काठमाडौंको न्युरोडस्थित ग्लोबल आइएमइ बैंकबाट प्रेमनारायण खराल र उनका भतिजा बिधान खराल ३ लाख ६० लाखको चेक साटेर बाहिर निस्किए । बैंकबाट बाहिर निस्कनासाथ ६ जना युवाको समूह आएर आफुहरु प्रहरी भएको र अनुसन्धानका लागि हिँड्नुस भन्दै ट्याक्सीमा राखेर डल्लु लगे ।

युवाहरुको समुहले डल्लमा खुकुरी देखाएर लुटपाट गरेको बताइएको छ । घटनाको केही समयपछि पीडित काका भतिजाले प्रहरीलाई खबर गरेका थिए । लुटपाटमा संलग्न सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अशोक बानियाँ र शिबहादुर बानियाँ पूर्व सैनिक जवान हुन् । उनीहरुकै योजनामा लुटपाट गरिएको बताइएको छ । प्रहरीका अनुसारउनीहरुको साथबाट ४ लाख २७ हजार रुपैयाँ, मोबाइल र खुकुरी समेत बरामद भएको छ ।