६ माघ, काठमाडौं ।
कुनै समय थियो राजनीति र राजनीतिक दलका नेता असाध्यै सम्मानित थिए । नेताहरु जब कुनै कार्यक्रम लिएर गाउँ पुग्थे आफ्नो दलका नेता कार्यकर्ताले मात्र नभई फरक दलमा आस्था राख्नेले पनि उनीहरुप्रति सम्मनको भाव व्यक्त गर्थे । किनकी राजनीति सम्मानित थियो । नेता बन्नैका लागि लामो संघर्ष, इमान, त्याग, निष्ठा, क्षमता, योग्यता र निरन्तरता जस्ता विशेषता जरुरी पर्दथ्यो । यी विशेषताले युक्त भएपछि नेता कार्यकर्तादेखि जनमानसले नेतालाई सम्मानको भावले हेर्दथे, व्यववहार गर्दथे ।

संकटमा प्रचण्डः कमल थापा र विजय गच्छदारले साथ छोड्ने संकेत

तर, आजको राजनीतिमा यी सबै विशेषतालाई जम्मा दुई चीजले जितेको छ । त्यो हो पैसा र राजनीतिक दाउपेचको स्वार्थले । पैसा भएपछि राजनीतिमा जम्न र प्रभाव जमाउन हिजोको जस्तो निष्ठा, इमान र संघर्षको जरुरत पर्दैन । किनकी पैसाले नेतालाई प्रभावित गरेपछि सांसद बन्न पाइन्छ । सांसद बनेपछि ६/६ महिनामा फेरिने सरकारमा मन्त्री बन्न पाइन्छ । यसरी मन्त्री बन्दा ठूलो दलका टन्नै सांसद भएको दल पनि हुनु पर्दैन । एक सिटे सांसद भएका दलसमेत यस्तो सरकारमा मन्त्रीमा अटाउन सक्छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

त्यसैको पछिल्लो उदाहरण बनेका छन् बिहीबार मात्र सरसफाइ मन्त्री बनेका प्रेमबहादुर सिंह । कतिसम्म भने उनको दलसमेत अहिले छैन । उनको समाजवादी जनता दल खारेज छ । तर, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले यी सिंहलाई मन्त्री बनाएका छन् । संघीयताको घोर विरोधी र कतिपय सन्दर्भमा चरित्रमाथि नै कुरा उठेका यस्ता नेतालाई मन्त्री जस्तो उच्च पदमा पुर्याएर सम्मान कम र आलोचना ज्यादा हुने गरेको नेपाली राजनीतिलाई झन् विकृत बनाएका छन् ।

…नत्र सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं: योगेन्द्र चौधरी

सिंह सरकारमा मन्त्री बन्दा न संविधान संसोधनलाई ठूलो र तात्विक असर गरेर संसोधन पास हुँदैन । किनकी उनीसँग दर्जनौं सांसद छैनन् । यस्ता एकसिटे नेतालाई स्वार्थमा मन्त्री बनाइराख्ने गल्ती फेरि प्रचण्ड र देउवाबाट भएको छ ।

नेमकिपा, एमाले हुँदै पछिल्ला केही वर्ष सबै राजनीतिक दाउपेचमा अटाउँदै सिंह पटकपटक मन्त्री बन्दै आएका छन् । कुनै राजनीतिक सिद्धान्तभन्दा पनि राजनीतिक दाउपेच र शक्ति सन्तुलनमा सिंह काम लाग्ने बन्दै आएका छन् । यस्तै दाउपेचमा उनी तीनपटक मन्त्री बनिसकेका छन् ।

ओली पक्षमा लागेका लक्ष्मण राजवंशीलाई सांसदबाट हटाउने निर्णय

संविधान संसोधन गर्नै खोजेको हो भने ठूला दल राप्रपा, फोरम लोकतान्त्रिकलाई उनीहरुले मनाउनुपर्ने हो तर, प्रचण्ड र देउवाले राजनीतिलाई प्रयोगको बनाउन पुगे । कसरी हुन्छ एमालेसमेतलाई मनाउने गरी संविधान संसोधन गरेर अघि बढ्नुपर्नेमा एक सिटे दललाई मन्त्री बनाएर आफूहरुलाई झन् विवादमा तान्ने काम गरेका छन् ।

भारतीय राजदूत रे लाई कालो माला !

राजनीतिप्रति सम्मानको भाव नभइरहेका बेला यसरी एक सिटेलाई टिप्नु भनेको राजनीतिलाई बद्नाम बनाउनुभन्दा अरु केही होइन ।