१४ जेठ, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीलाई चुनावमा जाने अवसर दिन सरकारलाई आग्रह गरेका छन् ।

राजपाले मागिरहेको दल दर्ता र चुनाव चिन्ह दिएर चुनावमा लैजाने वातावरण बनाउन उनले आग्रह गरे । रौतहटको गौरमा आयोजित कार्यक्रममा बोल्दै यदावले राजपाको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

दल दर्ता र चुनाव चिन्हमा निर्वाचन आयोग लचक भइदिएको अवस्थामा राजपा चुनावमा आउने उनको दाबी थियो । त्यसका लागि चुनावको मिति जेठ ३१ बाट दुई चार दिन सार्न पनि सकिने उनले बताए । राजपाले पहिलो चरणको स्थानीय चुनावमा गएको भन्दै उपेन्द्र यादवलाई संघीय गठबन्धनको संयोजकबाट हटाएको थियो ।