४ असोज, काठमाडौं । धनुषाको हंशपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख र उपप्रमुख दुबै पदमा जित हात पारेको छ ।

राजपाबाट प्रमुख पदमा रामज्ञान मण्डल ३ हजार ३ सय २० र उपप्रमुखमा रेणु झा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार प्रदीप यादवले ३ हजार २२ सय ९ मत ल्याएर पराजित भएका हुन् । २ नम्बर प्रदेशको १ सय ३६ स्थानीय तहमध्ये यो पहिलो नतिजा आएको तह हो ।