८ असार, गुलरिया (बर्दिया) । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय जनता पार्टी विदेशीको इशारामा चलेको आरोप लगाएका छन ।

प्रेस चौतारी नेपालले बुधबार गुलरियामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले जनताका आधार गुमाइ सकेकाले एउटा पनि तह जित्न सकिँदैन भनेर राजपा चुनावमा नगएको बताए ।

उपाध्यक्ष गौतमले फिर्ता लिन नमिल्ने भएपनि सरकारले फौजदारी अभियोग लागेकाहरूको समेत मुद्दा फिर्ता लिएर अपराधीको मनोबल बढाइरहेको आरोप लगाए ।

निर्वाचनमा तालमेल उपयुक्त नभएको प्रष्ट पार्दै उनले आफूहरुले नेपाली कांग्रेससँग कुनै पनि ठाउँमा चुनावमा तालमेल नगर्न निर्देशन नै गरेको उल्लेख गरे । रासस