४ असोज, राजविराज । राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराएका छन ।

यसअघि राजपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ६५ वर्षीय महन्थी यादवको भदौं ३१ गते मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजपाको तर्फबाट मंगलबार मण्डलले मनोनयन दर्ता गराएका हुन ।

सो वडाको निर्वाचन यही असोज ५ गते अर्थात भोलि हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।