२३ कात्तिक, जनकपुर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो यतिबेला आफ्नो चुनावी क्षेत्रमा प्रचारप्रसारमा जुटेका छन् ।

उनी विहान झिसमिसेदेखि झमक्क साँझ पर्दासम्म कार्यकर्ताकै बीचमा रहने गरेका छन् । विहान उठेर कार्यकर्तासँगै चिया, खाना, चुनावी प्रचार, कार्यकर्ता भेटघाटमै महतोको दैनिकी बित्ने गरेको छ ।

महतो धनुषा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् जहाँबाट काँग्रेसका नेता बिमलेन्द्र निधि पनि प्रतिष्पर्धामा छन् । महतोले चुनावी प्रचारलाई तिब्र पारेका छन् । (हेर्नुस् फोटो फिचर)

एक कार्यकर्ताको बुबाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुँदै ।

कार्यकर्तासँग बसेर चिया पिउँदै ।

कार्यकर्तासँग बसेर खाना खाँदै । 

चुनावी प्रचार कार्यालय उद्घाटन गर्दै ।

बार एशोसियसन धनुषाका पदाधिकारी तथा सदस्यहरुलाई सम्बोधन गर्दै ।

चुनावी सभा सम्बोधन गर्दै ।