२३ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनमा सामले भएका छ सांसदसहित १७ नेतालाई पार्टीबाट निश्काशन गरेको छ ।

पार्टी विभाजन भएपछि आज केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएर थापाले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेका हुन् । हिजो राप्रपाका बरिष्ठ नेता पशुपति शम्सेर राणाले नयाँ पार्टी राप्रपा प्रजातान्त्रिक गठन गर्ने निर्णय गरेका थिए ।

राणाले आफ्नो पक्षमा २२ सांसद आएको बताएपनि थापाले ६ जनालाई मात्रै कारावही गरेका छन् । निश्काषनमा पर्नेमा सांसदहरु दीपक बोहोरा, रेशम लामा, बिराज बिष्ट, सुनिल थापा, राज्यलक्ष्मी श्रेष्ठ र बबिता मोक्तान रहेका छन् ।

यस्तै नेताहरु किरण गिरी, हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, प्रदिप उदय, दीपककुमार राई, रामकृष्ण भट्टराइलगायतलाई पनि कारवाही गरिएको बताइएको छ ।