शास्त्र तथा पुराणमा राति र दिनमा गर्ने फरक फरक कामको बारेमा चर्चा गरिएको छ । कतिपय काम दिनमा गरेपनि रातिको समयमा गर्न नहुने शास्त्रमा उल्लेख छ । यस्ता काम रातिमा गर्दा अशुभ हुने र घातक बन्न सक्ने समेत शास्त्रमा उल्लेख छ ।

यहाँ त्यस्ता ५ कामको बारेमा चर्चा गरिएको छ जुन रातिको समयमा गर्न अनुपयुक्त मानिन्छ । शास्त्रमा यी ५ काम रातिको समयमा भुलेर पनि नगर्न भनिएको छ ।

१ कपाल खुला राख्नु हुँदैन

रातिको समयमा कुनै पनि स्त्रीले आफ्नो कपाल खुला राख्नु प्रतिकुल हुने बताइएको छ । खुला कपालका कारण नकारात्मक उर्जा उत्पन्न हुने र यसले परिवार र ब्यक्तिगत जीवनमा नकारात्मक असर गर्ने हुन्छ । सुत्नु अघि कपाल बाँध्नु र ढाक्नु राम्रो मानिएको छ ।

not to do things in night time 1
२ चौराहामा जानु हुँदैन

रातिको समयमा चार वटा बाटोको संगम चौबाटोमा जानु नराम्रो मानिएको छ । यस्तो ठाउँमा रातिको समयमा नकारात्मक उर्जा उत्पन्न हुने भएका कारण त्याहाँ जानु खतरनाक पनि हुन सक्छ । चौवाटोमा रातिको समयमा नजानु नै राम्रो ।

not to do things in night time 2

३ पर स्त्री र परस्त्री गमन

रातिको समयमा परस्त्री वा परपुरुष गमन नगर्नु भनिएको छ शास्त्रमा । पराइ स्त्री वा पराइ पुरुषसँग भेट्नु परे दिनको समयमा जानु राम्रो हुने र रातिको समयमा अशुभ काम हुने खतरा बढ्ने उल्लेख छ ।

not to do things in night time 3

४ मसान घाटमा नजानुस्

बिष्णु पुराणमा रातिको समयमा भुलेर पनि मसान घाटमा जान नहुने उल्लेख छ । रातिको समयमा मसान घाटको छेउँ छाउँ समेत जानु हुँदैन । मसानघाटको वरपर नकारत्मक उर्जा जम्मा हुने भएका कारण यस्तो भनिएको हो । यसले ब्यक्तिगत जीवनमा नोकसानी पुर्‍याउन सक्छ ।

not to do things in night time 4

not to do things in night time

५ पर्फ्युम वा बडी स्प्रे

राति सुत्नु अघि पर्फ्युम वा बडी स्प्रे लगाउनु अशुभ मानिन्छ । यसले नकारात्मक शक्ति पैदा गर्ने भएकाले राति सुत्नु अघि हात खुट्टा सफा सँग धोएर प्रार्थना गरेर सुत्नु राम्रो भनिएको छ ।

not to do things in night time 5

यो पनि हेर्नुस्

रातिको समयमा नखानुस् यी १० खाना 

राति भुल्न हुँदैन यी कुरा खाना खानु अघि 

राति राति स्मार्टफोन चलाउने बानी छ? एक पटक पढ्नुस्