२ असोज, काठमाडौँ।

आइतबार जापानको राजधानी टोकियोमा एक नेपाली विद्यार्थीको निधन भएको समाचार छ।shiva raj roka magar 15357410

डेढवर्ष अघि अध्ययनको लागि जापान आएका रोल्पा स्थायी घर भएका ३० वर्षिय शिवराज रोका मगरको अस्पतालमा मृत्यु भएको हो।

राती एक्लै कोठामा सुतेका मगर बिहान मृत भेटिएपछि संगै कोठमा बस्ने साथीले एम्बुलेन्स बोलाएपछि अस्पताल पुर्याइएपनि मृत घोषणा गरिएको थियो।

बेला बेला बेहोस हुने समस्याले उनी एक महिना अघि देखि उपचाररत भएको बताइन्छ।

मृत्युको कारण भने अझै पुष्टि भएको छैन।