२८ वैशाख, एजेन्सी । अमिताभ बच्चन बलिउड फिल्म उद्योगका प्रसिद्ध कलाकार हुन् । विगत ५ दशक देखि अमिताभ बलिउडका अभिन्न अंगसमेत बनिसकेका छन् । ४७ वर्ष लामो फिल्मी करियरमा उनले करिव १८० फिल्मभन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् । ती मध्ये कतिपय फिल्म सदावहार हिट रहे भने केही फिल्म फ्लप हुन पुगे । सोही दौरान उनले रोजेका गलत फिल्मको कारण दर्शकले नराम्रो आलोचना समेत गरे । यस्ता ६ गल्ती जसको कारण अमिताभले नराम्रोसंग पछुताउनु पर्यो ।
१. निशव्द -यस फिल्ममा अमिताभ एक्कासी नसोचेको भुमिकामा देखा परेपछि दर्शकलाई समेत पत्याउनै मुस्किल पर्यो । जसमा उनी एक सुड्डाको भुमिकामा थिए भने भर्खरकी किशोरी उनकी प्रेमिका हुन्छिन् । फिल्ममा जिया अर्थात किशोरीसंगको किसको दृश्यले उनले दर्शकबाट आलोचित हुन परेको थियो भने, फिल्ममा उनको भुमिका नसुहाउदो तथा नराम्रो रहेको भन्दै समाचार समेत बनेका थिए ।
२. राजनैतिक सम्बन्ध -अमिताभले अल्लाहबादबाट सन् १९८४ मा ८ औं लोक सभा चुनाव जितेका थिए । त्यसको तिन वर्षपछि उनले उक्त पदबाट राजिनामा गरेका थिए । राजनितिक सम्बन्धका कारण उनले विवाद पनि खेप्नु परेको थियो । अमिताभले वास्तवमा राजनीति कठिनपुर्ण काम भएको र जसको कारण आफुले राजिनामा दिएको बताएका थिए । राजनीतिमा प्रवेश गर्नु जिवनको भुल भएको समेत उनले बताएका थिए ।
३. बुम -अमिताभ बच्च्न अभिनित फिल्म बुमको कथा वस्तु सहि नभएपछि बक्स अफिसमा नराम्रोसंग फ्लप हुन पुगेको थियो । यसले उनलाई ठुलो धक्का लागेको थियो ।
४. अजुवा -आफ्नो फिल्मी करियरमा यस फिल्मबाट अमिताभले नराम्रोसंग हार बेहोर्नु परेको थियो ।
५. एविएसएल (ABSL) -यस उत्पादक कम्पनीको सुरुकै फिल्मबाट आम्दानी नभएपछि यो कम्पनी नै धरापमा परेको थियो । जसबाट अमिताभले अभिनय गरेवापत एक रुपैया पनि हात पार्न सकेनन् । आफ्नो गलत रोजाई भएकोमा अमिताभ नराम्रोसंग पछुताएका थिए ।
६.मिडियासंग तनाब  -सन् १९७५ मा अमिताभ बच्चनले मिडिया हाउससंग विवाद गरे । विवादलगत्तै उनी मिडियामा सनसनीपुर्ण लेख र कभर न्युजको शिर्षक बने । एउटा अभिव्यक्ति दिएको कारण उनी विवादमा आएका थिए । सो समयमा म्याग्जिन तथा केहि मिडिया हाउसले अमिताभको बारेमा केही पनि छाप्न चाहदैनथे । उक्त घटनाको करिब १५ वर्षपछि उनले न्यायिक मुद्धा जिते र फेरि सामान्य अवस्थामा फर्किए ।