२७ पुस, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि भूमिका खेलेको भन्दै यो भूमिकालाई सकारात्मक रुपमा हेरेको बताएका छन ।

स्पष्ट नीति नहुँदा पृथ्वी जयन्तीमा विदा दिन सकिएनः प्रचण्ड

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका अबसरमा राष्ट्रिय प्रज्ञातन्त्र पार्टीले बुधबार काठमाडौमा गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन । उनले बुधबारकै क्याबिनेट बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको जानकारी दिए ।

ओलीले भने, ‘माओवादीका कारण विदा दिन सकिएन’

rpp-chiyapan-leaders-prachanda

देउवासँग किन झुक्दैछन् प्रचण्ड ?

त्यस्तै चियापानमा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन खोजेको तर, सत्तारुढ दलहरुबीच सहमति हुन नसकेको बताए ।कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र वहादुर केसीले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए ।

rpp-chiyapan-kamal-thapa-pashupati-kulman-ghising

प्रचण्ड रिमोटकन्ट्रोलबाट चले, सरकारमा नरहन सक्छौः दिलनाथ गिरी

चियापानमा बिभिन्न दलका नेता , कुटनीतिक नियोगका प्रमुख , सर्वसाधारण लगाएको सहभागीता थियो । राप्रपाले हरेक बर्ष एकता दिवसको दिन चियापान कार्यक्रम गर्दे आएको छ ।

rpp-chiyapan-leaders-kp-olirpp-chiyapan-leaders