१२ फागुन, काठमाडौं । राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने बैठकमा केन्द्रीय सदस्य र पदाधिकारी मनोनयनको मादपण्डबारे छलफल हुने केन्द्रीय सदस्य दिलनाथ गिरीले जानकारी दिए ।

विधान अनुसार कूल १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ४० प्रतिशत केन्द्रीय सदस्य र पदाधिकारी अध्यक्षले मनोनित गर्ने ब्यवस्था छ ।

सोही क्रममा अध्यक्ष कमल थापाले हिजो सपथ लिएर पदभार ग्रहण गरेलगत्तै १५ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

बाँकी ४९ केन्द्रीय सदस्य र पदाधिकारी मनोनयनका लागि आजको बैठकले मापदण्ड बनाउने बताइएको छ ।

बैठकमा महाधिवेशनको समीक्षा, स्थानीय तह चुनावको तयारी, समसामयिक राजनीतिक परिस्थितीलगायतमा छलफल केन्द्रीय हुने केन्द्रीय सदस्य राजाराम बर्ताैलाले बताए ।