११ फागुन, काठमाडौं।
दुई महिला सेलेब्रेटी कोमल वली र रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कयौं हस्तीहरुलाई पछी पार्दै वली र थापा केन्द्रीय सदस्यमा विजयी भएका हुन।

वली खुल्लामा तेस्रो नम्बरमा आइन। पहिलोमा बुद्धिमान तामाङ, दोस्रोमा विक्रम पाण्डे र तेस्रो स्थानमा वली निर्वाचित भएकी हुन।

त्यस्तै रेखा थापा महिला कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन।

हिजो विद्युतीय मतदानबाट भएको निर्वाचनमा केन्द्रीय सदस्यको लागि १६२ जनाको उम्मेदवारी परेको थियो । आज बिहान आएको नतिजामा ९८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन।

रेडियो नेपालबाट राजीनामा दिएर राजनीतिमा होमिएकी वलीले पहिलो स्थानमा आउने दाबी गरेपनि त्यसो भने हुन सकेन।

यो पढ्नुस्।
राप्रपामा एक जनालाई भोट हाल्न १२ मिनेट
देउवाले सत्ता मागे, प्रचण्डले गरे नयाँ प्रस्ताव