६ फागुन, काठमाडौं । राप्रपाको एकता महाधिवेशनमा चुनाव चिन्हको विषयमा विवाद चर्किने देखिएको छ ।

एकता महाधिवेशनको उद्घाटन सत्रमा आज नेताहरुले दिएको अभिव्यक्तिले विवादलाई सतहमा ल्याएको हो । एकीकरणका बेला चुनाव चिन्ह हलो नै राख्ने सहमति भएपनि कार्यान्वयन नभएको भन्दै राप्रपाका नेताहरुले आक्रोश पोखे ।

यसले कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमतिलाई पनि तोडिने संकेत नेताहरुले गरेका छन् । थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका राष्ट्रिय अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले त सहमति उल्लंघन भइसकेको भन्दै उमेद्बारी घोषणा गरिसकेका छन् ।

राप्रपा अध्यक्ष थापाले भने, प्रचण्डसँग निकटता महसुस हुन्छ

कार्यक्रममा बोल्ने क्रममा पनि उनले आफ्नो आक्रोश पोख्दै भने, सहमति त्यति बेलासम्म मात्र काम लाग्छ, जव त्यहाँ भित्र शक्ति सन्तुलन हुन्छ । सन्तुलन नै नभए सहमति कायम हुँदैन । त्यसलाई पार्टीका साथीले बुझ्नु पर्छ । उनले भने, हामीले चुनाव चिन्ह हलो राख्ने सहमति तोड्ने हो भने हामीलाई कुनै हालतम मान्य हुँदैन, हामी हलो छोड्न सक्दैनौं ।’

प्रचण्डले राखे राप्रपासँग एकता प्रस्ताव

उनले पार्टीका पदाधिकारी अध्यक्षले चुन्ने व्यवस्थाको समेत विरोध गर्दै कार्यकर्ताले चुन्न पाउनुपर्ने बताए । उनले कमल थापाप्रति संकेत गर्दै भने, ‘पार्टी कुनै नेता र गुटको भजन मण्डली भएर रहन सक्दैन ।’ उनले पार्टीको अस्तित्व नै बिलय गराएर एकीकरण हुन नसक्ने संकेत गरे ।

त्यसअघि बोलेका राप्रपाका बरिष्ठ नेता पशुपति शम्सेर जबराले पनि पार्टीको चुनाव चिन्ह हलो हुनैपर्ने बताए । पार्टी अध्यक्ष कमल थापाले भने आफ्नो मन्तब्यका क्रममा यस विषयमा कुनै प्रतिक्रिया दिएनन् ।