११ फागुन, काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष कमल थापाले १५ जना नेतालाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।

सपथ लिएपछि पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका थापाले विधान बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन् । मनोनित भएका केन्द्रीय सदस्यहरुमा दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, टंकप्रसाद ढकाल, रामकुमार सुब्बा, दिलनाथ गिरी, नरेन्द्र चौधरी, रामचन्द्र राय, भीम प्रसाद गौचन रहेका छन् ।

त्यसैगरी रामकृष्ण भट्टराई, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, राम थापा, नरेन्द्रबहादुर चन्द र गीता बस्नेत पनि मनोनयनमा परेको पार्टीका मुख्य सचिव विशेश्वर शर्मा सुवेदीले जानकारी दिएका छन् ।

मनोनयन सँगै राप्रपा केन्द्रीय समिति अध्यक्षसहित १ सय १४ सदस्यीय भएको छ । हिजो भएको निर्वाचनबाट ९८ जना निर्वाचित भएका थिए । विधान अनुसार १ सय ६१ सदस्यीय केन्द्रीय समितिमा ६० प्रतिशत निर्वाचन र ४० प्रतिशत अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको राप्रपाले जनाएको छ ।