२८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अगामी बैशाख ८ स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टी प्रचार प्रसार सम्बन्धी आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले बैशाख ८ गते काठमाडौंमा हुने समारोहमा घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी प्रचार अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता रोशन कार्कीले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री तथा संघीय मामिला मन्त्री कमल थापाले स्थानीय निर्वाचन केन्द्रीय प्रचार प्रसार शैलिलाई नविन र आक्रमक रुपमा अगाडी बढाउन निर्देशन दिएका थिए ।