६ फागुन, काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रसँग अत्यन्तै निकटता महसुस हुने गरेको बताएका छन् ।

kamal-thapa mic

फाइल तस्बिर

आफ्नाे पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्दा, विचार विमर्श गर्दा अत्यन्तै निकटताको अनुभव हुने गरेको बताए ।

प्रचण्डले राप्रपासँग ‘मिलौ–मिलौ लाग्छ, धेरै टाढा नजानुहोला’ भनेपछि त्यसको जवाफमा अध्यक्ष थापाले दुबै पार्टीलाई राष्ट्रियता र देशलाई बलियो बनाउनु पर्छ भन्ने मान्यताले नजिक बनाउने काम गरेको उल्लेख गरे ।

‘प्रचण्डमा विलक्षण प्रतिभा छ, धेरै चमत्कार गर्नु भएको छ, अव अर्को चमत्कारको आवस्यकता छ, थापाले भने, ‘तपाईको विद्रोह र मेरो परम्परागत मान्यतामा समन्जस्यता कायम गरौं, त्यो नै नेपालको अस्थित्वको ग्यारेन्टी हुनेछ । कुनै पनि शक्तिले नेपालको एकता र सार्वभौमसत्तालाई चुनौती दिन सक्दैन ।’

थापाले परिवर्तनकारीहरुलाई पनि चित्त बुझ्ने गरी साझा संस्थाको रुपमा राजसंस्था र राजसंस्था सहितको लोकतन्त्रलाई संस्थागत गर्नु पर्ने बताए । उनले आफूले अहिलेसम्म राजा सहितको प्रजातन्त्र भन्ने गरेकोमा अवदेखि राजा सहितको लोकतन्त्र भन्ने उल्लेख गरे ।

अध्यक्ष थापाले गणतन्वादीहरु राजसंस्थासँग नझस्क र राजावादीहरुलाई गणतन्त्रसँग नतर्स पनि अपिल गरे । उनले आफूहरु कुनै पनि धर्म विरोधी नभएको भन्दै धर्मनिरपेक्षताको नाममा हिन्दु, किरात र बुद्धिष्ट गरी ९४ प्रतिशत जनताको मतलाई अपमान गर्न नपाइने बताए ।

अव संघीयता फर्काउन सकिने अवस्था नभएको भन्दै अध्यक्ष थापाले त्यसको कार्यान्वयन गर्दा न्यूनतम राष्टिय क्षति होस, राष्टियता र एकता बलियो होस् भन्नेमा ध्यान दिनुपर्ने बताए ।