४ भदौ, हेटौंडा ।
हेटौंडामा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समिती बैठक आज सकिँदैछ । संविधान संशोधन विद्येयक, पार्टि फुटको कारण, आगामी तेस्रो चरणको चुनाव तथा प्रदेश र प्रतिनीधिसभाको चुनावको विषयमा छलफल गर्न बसिरहेको बैठक आज केही महत्वपुर्ण निर्णय गर्दै सकिने महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले भोली संसदमा भोटिङ हुँदा संविधान संसोधनको पक्षमा मतदान गर्ने कि विपक्षमा भन्ने विषयमा आज ठोस निर्णय गर्ने महामन्त्रि लिङ्देनले बताए । बैठकमा बोल्ने अधिकांश सदस्यले विद्येयकको विपक्षमा राप्रपा उभिनुपर्ने बताएकाले राप्रापाले विपक्षमा मत हाल्ने निर्णय गर्न सक्ने उनले बताए ।

पक्षमा भोट हाल्नका लागि संविधान संशोधनमा हिन्दु राष्ट्र पुनःस्थापना हुनुपर्ने राप्रपाको शर्त छ । बैठकले यही भदौदेखि आगामी कात्तिकसम्म मेची–महाकाली राष्ट्रिय यात्रा गर्ने र हिन्दुराष्ट्र पुनःस्थापनाको विषय जनतामा लाने अभियान संचालन गर्ने निर्णय गर्ने राप्रपाले जनाएको छ । बैठक आज बिहान ११ बजे बस्दैछ ।