१७ बैशाख, काठमाडौं ।

प्रधानन्यायाधिशमाथि महाअभियोग प्रस्ताव दर्ता प्रति असन्तुष्टि जनाउँदै सत्ता घटक दल राष्ट्रिय प्रजातन्त्र पार्टी भोली सरकारबाट बाहिरिने भएको छ ।

महाअभियोग सम्बन्धि यति धेरै महत्वपूर्ण विषयमा सरकारको महत्वपूर्ण घटकसँग केही पनि छलफलै नगरी प्रस्ताव दर्ता गरेको भन्दै असन्तुष्ट रहेको राप्रपा भोली सरकारबाट बाहिरिने बताएको छ ।

त्यसका लागि छलफल गर्न भोली बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहिमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको र बैठकले निर्णय गरेर सरकारबाट बाहिरिने निर्णय गर्ने श्रोतले जनाएको छ ।

सरकारलाई दिएको समर्थन मधेसी मोर्चाले समर्थन फिर्ता लिनुअघि उपप्रधान सहितका मन्त्रालय दिएर राप्रपालाई सरकारमा सहभागि गराइएको थियो ।
राप्रपा पनि बाहिरिएपछि सरकार संकटमा पर्ने देखिएको छ ।