१ पुस, काठमाडौं ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्न उचित हुने बताएका छन् ।

सर्वाधिक रन बनाउनेमा ऐरी अगाडि, भारतीय खेलाडीलाई पछारे

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता डा. महतले प्रतिपक्षी दल एमालेले भनेजस्तो संशोधन प्रस्ताव फिर्ता लिनुपनि उचित नहुने जिकिर गरे ।

Ramsharan mahat

फाइल तस्बिर

उनले स्थानीय तहलाई अहिलेको संविधानले धेरै अधिकार दिएको उल्लेख गरे । महतले अधिकारको उपयोग ठीक ढंगले हुनुपर्नेमा जोड दिए । स्थानीय तहको पूर्नसंरचना गर्ने विषय अत्यन्तै महत्वपूर्ण विषय भएकोले यसमा हतार गर्न नहुने उनको भनाई छ ।

नेपाली मूलका नगरकोटी अन्तिम ओभरमा चुटिए, पौडेलले हाने २ छक्का र ३ चौका

उनले पूरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख तीन दलवीच भएको सहमति स्वागतयोग्य रहेको बताए ।