भनिन्छ “भगवानलाई पनि दशा लाग्छ!”, त्यसैले गर्दा नै महादेवले कालकुट विष पिउनुपरेको थियो, सारा विश्वकै पालनकर्ता भगवान विष्णुले पनि ढुङ्गाको रूप लिनुपरेको थियो अनि लक्ष्मणले पनि इन्द्रजीतसँगको युध्दमा झण्डै आफ्नो प्राण गुमाउनुपरेको थियो। हिन्दु धर्मका ग्रन्थहरूमा उल्लेखित कथाहरूमा यस्ता धेरै घटनाहरू छन्, जसमा शक्तिशाली भगवानहरूले पनि विभिन्न दुःख, श्राप र पीडा भोग्नुपरेको थियो।

तपाईँलाई हिन्दुधर्मका ठूला ग्रन्थ रामायण र महाभारतको कथाका पात्रहरूले कस्ता कस्ता श्राप पाएका थिए भन्ने बारे बताउन गइरहेका छौँ।

१. भगवान रामलाई लागेको श्राप

curse on ramरामायणमा भगवान रामलाई लागेको यो श्रापको बारेमा सायद धेरैलाई थाहा नहोला। रामले आफ्नी अर्धाङ्गिनी सीतालाई रावणको कब्जाबाट छुटाएपछि पनि फेरि गुमाउनुपर्नेछ भनेर दैत्य बालीकी पत्नी ताराले श्राप दिएकी थिइन्। साथै, सीता धर्ती माताकै काखमा विलय हुनेछिन् भनी ताराले भनेकी थिइन्। बाली र सुग्रिभको युध्द भैरहेको बेला रामले बालीलाई मारेपछि उनकी पत्नी ताराले रामलाई श्राप दिएकी थिइन्। रामलाई उनको अर्को जन्ममा बालीले नै मार्नेछन् भनेर पनि ताराले श्राप दिएकी थिइन्। त्यसैले नै महाभारतमा शिकारीले हानेको तीरले लागेर भगवान श्रीकृष्णको मृत्यु भएको मानिन्छ।

२. हनुमानको माता अञ्जनालाई लागेको श्राप

curse on anjanaअञ्जना पहिले एक अप्सरा थिइन्। आत्मग्लानीले गर्दा तपस्या गरिरहेका साधु वानरलाई उनले फलले हानेकी थिइन्। यस कार्यबाट क्रोधित वानरले ‘प्रेममा पर्ने बित्तीकै वानरको रूपमा जन्म लिनुपरोस्’ भनेर अञ्जनालाई श्राप दिएका थिए। त्यसपश्चात, ब्रह्माले दिएको एक बुटीले अञ्जनामा लागेको श्राप हटेको थियो, त्यस बुटीलाई ‘ब्रह्मविन्दु’ भन्ने गरिन्छ।

३. हनुमानलाई लागेको श्राप

curse on hanumanबालककालमा हनुमानले धेरै कुख्यात काम गर्ने गर्दथे। यस्तै एक घटनामा, हनुमानबाट आजित एक साधुले हनुमानलाई श्राप दिएका थिए। त्यसपछि हनुमानले आफूलाई देवहरूले दिएका शक्ति र ज्ञान सबै भुलेका थिए। कसैले हनुमानलाई उनको शक्तिको बारेमा नसम्झाएसम्म शक्तिबिहीन हुने श्राप पाएका हनुमानलाई सीताको उद्धार गर्ने क्रममा जम्बावन्थाले सबै कुराहरू सम्झाइदिएका थिए।

४. वासुलाई वशिष्ठ ले दिएको श्राप

curse on vasu from vasisthaवशिष्ठको गाई ‘नन्दिनी’लाई वासु र उनका साथीहरूले कब्जा गरेपछि, पृथ्वीमा नश्वरको रूपमा जन्म लिनुपरोस् भनेर वशिष्ठले वासुलाई श्राप दिएका थिए। यो श्राप महाभारतमा भिष्मको जन्मसँग सम्बन्धित रहेको छ।

५. कर्णलाई ब्राह्मणको श्राप

curse of brahmin to karnaमहाभारतमा कर्णले धनुषवाणको अभ्यास गर्ने क्रममा एक ब्राह्मणको गाईलाई मारेका थिए र सोही ब्राह्मणले कर्णलाई श्राप दिएका थिए। जसरी त्यो निर्दोष गाई मर्नुपरेको थियो, त्यसरी नै कुनै साहाराबिना मर्नुपरोस् भनेर कर्णले श्राप पाएका थिए। त्यसैले नै महाभारतको युध्दमा कर्णको रथको पाङ्ग्रा जमीनमा अड्केर सहाराबिहीन हुनुपरेको थियो।

६. अस्वथ्थामालाई श्रीकृष्णको श्राप

curse of krishna to aswathamaपाण्डवहरूको पुत्रलाई मारेको कारणले भगवान श्रीकृष्ण अस्वथ्थामासँग क्रोधित थिए। श्रीकृष्णले अस्वथ्थामालाई सुरक्षा गरेर राखेको मणी झिक्न आदेश दिए र ३००० वर्षसम्मको लागि सताउने श्राप दिएका थिए। श्रीकृष्णले अस्वथ्थामालाई कसैले पनि सहयोग नगरोस्, खान र बस्न पनि नदियोस्, शरीरभरी कहिल्यै सञ्चो नहुने घाउखटिरा आओस् भनेर पनि श्राप दिएका थिए।

७. साम्बालाई श्रीकृष्णको श्राप

curse of krishna to his sonश्रीकृष्णले आफ्नै पुत्र ‘साम्बा’लाई कुष्ठ रोग लाग्ने श्राप दिएका थिए।

८. राजा यायतीलाई गुरु शुक्राचार्यको श्राप

curse of sukracharya to yayatiराजा यायतीले देवयानीकी बहिनी शर्मिस्थासँग लुकेर विवाह गरेकोले गुरु शुक्राचार्यले उनलाई वृद्ध बनाइदिएका थिए। तर यदि कोहि राजी भएमा यो श्रापलाई यायतीबाट अरूमा सार्न मिल्ने कुरा पनि शुक्राचार्यले बताएका थिए। राजा यायतीका सबै पुत्रहरूले अस्वीकार गरेपछि, ‘पुरु’ नामक एक व्यक्तिले उनको त्यो श्रापलाई आफूमा लिन राजी भएका थिए।

९. ब्रह्मालाई सरस्वतीको श्राप

curse of saraswati to brahmaब्रह्माको अनुचित व्यवहारबाट हैरान सरस्वतीले उनलाई कसैले पनि पुजा-आरधना नगरोस् भनेर श्राप दिएकी थिइन्।

१०. भगवान शिवलाई ब्रह्माको श्राप

curse of brahma to shivaवास्तवमा ब्रह्माको ५ वटा टाउको हुने गर्दथ्यो। एकचोटी, पार्वतीले ब्रह्मालाई शिव ठानेर झुक्केकी थिइन् र यो कुरा भगवान शिवलाई भनिन्। त्यसपछि, भगवान शिवले ब्रह्माको पाँचौ टाउकोलाई काटेर ‘काल भैरव’को रूपमा परिणत गरेका थिए। शिवको यस्तो कार्य देखेर, त्यो टाउको कहिल्यै पनि शिवको हातबाट नछुट्टियोस् र सँधै भोक र अनिन्द्राले सताओस् भनेर ब्रह्माले श्राप दिएका थिए। पछि, पार्वतीले भगवान विष्णुको सल्लाहबाट उक्त टाउको शिवको हातबाट निकालेकी थिइन्।

११. श्रीधामालाई राधाको श्राप

curse of shridhama to radhaराधाले श्रीधामालाई गरीब परिवारमा जन्म लिनुपरोस् भनेर श्राप दिएकी थिइन्। फेरि श्रीधामाले पनि कृष्णबाट १०० वर्षसम्म टाढा रहनुपरोस् भनेर राधालाई श्राप दिएका थिए।

१२. सन्तनु र गङ्गालाई ब्रह्माको श्राप

curse of brahma to gangaआकाशमा डुलेर हिँड्ने सन्तनु र गङ्गालाई पूर्वजन्ममा नराम्रो कर्म गरेको भन्दै, पृथ्वीमा मानव भएर जन्म लिनुपरोस् भनेर ब्रह्माले श्राप दिएका थिए।

१३. लक्ष्मीलाई सरस्वतीको श्राप

curse of saraswati to laxmiसरस्वतीले लक्ष्मीलाई रूखको जन्म लिनुपरोस् भनेर श्राप दिएकी थिइन् भने गङ्गाले सरस्वतीलाई ब्रह्माको पत्नी हुन परोस् भनेर श्राप दिएकी थिइन्। फेरि सरस्वतीले पनि गङ्गालाई पवित्र नदीको रूप लिनुपरोस्, र जसले त्यो नदीमा नुहाउँछ त्यसको सबै पाप र कुकर्मलाई नष्ट गर्नुपरोस् भनेर श्राप दिएकी थिइन्।

१४. नाल र नील लाई लागेको श्राप

curse of nal and neelरामायणमा नाल र नील शक्तिशाली वानर थिए र बालककालमा उनीहरूले धेरै कुख्यात काम गर्ने गर्दथे। उनीहरूले रमाइलोको लागि कुनै पनि वस्तुलाई पानीलाई फाल्ने गर्दथे। एकचोटी उनीहरूले साधुलाई पनि पानीलाई फालिदिएका थिए, त्यसपछि उक्त साधुले क्रोधित हुँदै नाल र नीलले फालेको कुनै पनि वस्तु पानीमा नडुबोस् भनेर श्राप दिएका थिए।