हिन्दु धर्मका दुई महाग्रन्थ ‘रामायण’ र ‘महाभारत’ विश्वकै सबैभन्दा ठूला ग्रन्थहरूमा पर्दछन्। वाल्मिकीले लेखेको ‘रामायण’मा त्रेता युगमा भगवान विष्णुको श्रीराम अवतारको बारेमा उल्लेख गरिएको छ भने वेदव्यासद्वारा कथित र श्रीगणेशद्वारा लिखीत ‘महाभारत’मा द्वापर युगमा भगवान विष्णूकै श्रीकृष्ण अवतारको बारेमा उल्लेख गरिएको छ।

हुन त यी दुवै भिन्नाभिन्ना समय र भिन्नाभिन्नै युगमा घटेका घटनाहरू हुन्। तर दुवै युगमा अधर्म र असत्यप्रति धर्म र सत्यको विजयको लागि भगवान विष्णुले श्रीराम र श्रीकृष्णको अवतार लिएका छन्। फेरि यो सारा संसारलाई पाल्ने अनि हेरविचार गर्ने पनि त स्वयं वासुदेव नै हुन् भने अवश्य पनि यी दुई घटनाहरूको बीचमा केहि न केहि सम्बन्ध त भइ नै हाल्छ।

(रामायणको गोप्य कथाः रामले गर्दा लक्ष्मणको मृत्यु)

तर, कस्तो सम्बन्ध? कुन घटनाले त्यो सम्बन्धको पुष्टि गर्दछ?

१. क. बाली (रामायण)

‘बाली’ एक शक्तिशाली वानरराजा थिए र किश्किन्धा राज्यमा राज गर्थे। युद्धको बेला उनका आधा शत्रुहरूको शक्ति पनि उसैले पाउने ब्रह्मादेवबाट वरदान पाएपछि बाली अझै शक्तिशाली बनेका थिए। उनका भाइ सुग्रीभ र उनको बीचमा त्यति राम्रो सम्बन्ध थिएन त्यसैले सुग्रीभलाई आफ्नो राज्यबाट बाहेक गरिदिएका थिए। त्यसपश्चात सुग्रीभ श्रीरामको शरणमा पुगे। आफ्नो मित्र सुग्रीभको यस्तो हालत देखेर श्रीरामले बालीलाई कन्ना पछाडिबाट तीर हानेर वध गरेका थिए।Vaali dying in ramayan

(कथै बदलिदिने रामायण र महाभारतका १४ श्राप)
१. ख. जारा (महाभारत)

बालीलाई कन्नापछाडिबाट आक्रमण गरेर श्रीरामले पनि अपराध गरेका थिए। उनले बालीलाई जीवनदान पनि दिन खोजे तर बालीले आफ्नो गल्ती स्वीकार्दै स्वयं नारायणकै हातबाट मर्न तत्पर भए। त्यसपछि श्रीरामले बालीसँग यो वाचा गरे कि अर्को जन्ममा उसले बदला लिने मौका पाउनेछ।

त्यसपश्चात द्वापर युगमा बाली एक धनुरधर शिकारी ‘जारा’ भएर जन्मिए। जारालाई आफ्नो धनुषवाणबाट जङ्गली जनावरहरूको शिकार गर्न खुब मन लाग्थ्यो। एक दिन श्रीकृष्ण आफ्नो पुरै वंशविनाश गरेर थकित मुद्रामा रुखमुनी खुट्टा पसारेर बसिरहेका थिए। परबाट आइरहेका जाराले श्रीकृष्णको खुट्टानेर बसिरहेको एक पक्षीलाई निशाना लगाएर तीर हान्दा श्रीकृष्णको खुट्टामा लागेर जारा यानिकी बालीकै हातबाट श्रीकृष्णको मृत्यु भएको थियो।Krishna-Unknowingly-Attacked-By-Hunter-Hunter-Gets-Blessings-from-Krishna

(समुन्द्रमुनी द्वारका, कृष्ण बने आफ्नै वंशनाशको कारण)
२. क. रावण र कुम्भकर्ण (रामायण)

रामायणको मूख्य दानवपात्र नै रावण थिए, जसले आफ्नी बहिनी ‘सुरपङ्ख’को अपमानको बदला लिन श्रीरामकी धर्मपत्नी सीताको हरण गरेका थिए। रावणका कान्छा भाइ थिए- कुम्भकर्ण, जो ६ महिना सुत्थे अनि ६ महिना खान्थे। हरेक युद्धको बेला कुम्भकर्ण रावणकै साथमा लागेर युद्ध गर्थे र आफ्ना शत्रुहरूलाई कुचल्दै परास्त गर्थे। पछि श्रीरामसँगको युद्धमा दुवै दाजुभाइलाई श्रीरामले नै हराएका थिए।

तथापी, रावणको व्यवहार दानवी भएपनि उसका व्यक्तिगत गुणहरू भने पुजनीय नै थियो। वास्तवमा भन्ने हो भने रावण एक बुद्धिमानी तथा ज्ञानी ब्राह्मण थिए। उसँग वेद र शास्त्रको पूर्ण ज्ञान थियो। धनुर्विद्यालगायत गान्धर्वविद्या (सङ्गीतविद्या)मा पनि उनी सर्वश्रेष्ठ नै थिए।Sleeping Kumbhakarna

(कुम्भकर्ण किन ६ महिनासम्म सुत्थे?)
२. ख. शिशुपाल र दन्तबक्र (महाभारत)

महाभारतमा छेदीराज्यका राजा थिए ‘शिशुपाल’। दुईवटा अतिरिक्त हात र निधारमा अर्को आँखाका साथ जन्मिएका शिशुपालको बारेमा एक आकाशवाणी भएको थियो कि उसको वध गर्ने व्यक्तिले उसलाई काखमा राख्दा उसको दुवै अतिरिक्त हात र तेस्रो आँखा हराउनेछ। संयोगवश, त्यो व्यक्ति युवक श्रीकृष्ण नै थिए। तर श्रीकृष्णले शिशुपालकी मातासँग यो प्रण गरे कि शिशुपालका १०० वटा पापलाई उनले क्षमा गर्नेछन् र त्यसपश्चात मात्रै उनको वध गर्नेछन्। ठूलो भैसकेपछि शिशुपाल एकदमै अभिमानी र अहंकारी राजा बन्न पुगे र हरेक पलमा श्रीकृष्णको अपमान गर्ने गर्थे। अन्ततः १०० पापपश्चात श्रीकृष्णले आफ्नो सुदर्शन चक्रले शिशुपालको शिरलाई धडबाट अलग गरिदिए।

उनका भाइ दन्तबक्रको पनि यस्तै दुर्भाग्यबाट मृत्यु हुन पुग्यो।Krishna killing Shishupal

(वरदान पाई कृष्णकै हातबाट एकलव्यको मृत्यु)

यहाँ रोचक कुरा के छ भन्दा, माथिका दुवै जोडि पात्रहरू (रावण र कुम्भकर्ण, शिशुपाल र दन्तबक्र) भगवान विष्णुको बैकुण्ठ महलका दुई द्वारपाल- ‘जय र विजय’का पुनर्जन्महरू थिए। वैकुण्ठमा ऋषिमुनीहरूलाई प्रवेश गर्न निषेध गरेपछि ती दुई द्वारपाल- जय र विजयलाई श्राप मिलेको थियो कि धर्तीलोकमा तिनपटकसम्म दानव भएर जन्म लिनुपरोस् र जब विष्णुकै मानवअवतारले उनीहरूको वध गर्नेछ, तबमात्रै उनीहरू श्रापबाट मुक्त हुनेछन्।two gatekeepers of Baikuntha

उनीहरूको पहिलो जन्मअवतार थियो- हिरण्यकश्यपु र हिरण्याक्ष। हिरण्यकश्यपुलाई विष्णु भगवानले नरसिंह अवतार लिएर वध गरेका थिए भने हिरण्याक्षलाई वाराही अवतार लिएर वध गरेका थिए। त्यसपछि उनीहरूको दोस्रो जन्म त्रेता युगमा रावण र कुम्भकर्णको रूपमा भएको थियो र उनीहरूलाई पनि श्रीरामले नै वध गरेका थिए। फेरि तेस्रो जन्म भएको थियो द्वापर युगमा शिशुपाल र दन्तबक्रको रूपमा। उनीहरूलाई पनि श्रीकृष्णले आफ्नो सुदर्शन चक्रले काटिदिएका थिए।

यीलगायत अन्य कैयौँ घटनाहरूले पनि रामायण र महाभारतको बीचमा गहिरो सम्बन्ध देखाएका छन्। उदाहरणकै लागि लिने हो भने त्रेता युगका महावीर रामभक्त हनुमान द्वापर युगमा पनि अर्जुन र भीमलाई शिक्षा दिन पुगेका छन्।

(राधाले श्रीकृष्णसँग “हामी बिहे गरौँ” भन्दा कृष्णले दिए दिमाग घुमाउने जवाफ!)