२ जेठ, काठमाडौं।

रामेछापको मन्थली नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ।

नगरप्रमुखमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठले १९००, उपप्रमुखमा रितादेवी घिमिरेले १६ सय २४ मत ल्याएकी छिन्।

त्यस्तै कांग्रेसमा मेयरको लागि बिनोद कार्की १६ सय १९, उपप्रमुख गंगा अधिकारी १६ सय २६ र एमालेमा मेयरको लागि रमेश बस्नेत १८ सय ४३, उपप्रमुख माया कार्की १८ सय ९१ मत ल्याएका छन्।

त्यस्तै वडा नं १ अध्यक्षमा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ बिजयी भएका छन्।

वडा नम्बर २ अध्यक्षमा नेपाली काँग्रेसका तरणी शंकर अधिकारी बिजयी भएका छन्।

वडा नम्बर ३ अध्यक्षमा काँग्रेस उम्मेद्वार केशव रोक्का बिजयी भएका छन्। मन्थली ४, ५ र ६ वडाको मतगणना जारी छ।