६ असोज, रामेछाप ।
रामेछापको रामेछाप नगरपालिका ८ बाबियाखर्कको वितिटारमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

रामेछाप नगरपालिकाको रामेछापबाटबाट मन्थली हुँदै काठमाडौँको लागि छुटेको बा २ ख ६३७५ नं को बस विहान ९ः३० बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ज्यान जानेमा रामेछाप नगरपालीका ७ की बालकुमारी बस्नेत ८ का दिपक श्रेष्ठ र लिखु गाउपालिकाकी उमा खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार गरि विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।