जागिर खाने जो कोहीलाई पनि हरेक मानिसलाई भैरहेको भन्दा राम्रो जागिर होस् । यहाँ राम्रो जागिर खानका लागि ध्यान दिनै पर्ने ३ कुराको चर्चा गरिएको छ ।

जागिर खोज्न यसै पनि कठिन काम हो । तर यहाँ त्यही कठिन कामलाई सरल बनाउने उपायबारे चर्चा गरिएको छ ।

1 सबैभन्दा पहिले आफ्नो शोख बुझ्नुस्
कुनै पनि जागिर खोज्नु अघि तपाइँलाई के गर्न मन पर्छ भन्ने कुरा राम्रोसँग बुझ्नुस् । जहिले पनि शोखसँग मिल्दो जागिर खाँदा जीवन सहज हुन्छ । तपाइँले मन परेको काम गर्नु भो भने जागिर खाएको अनुभव समेत हुँदैन । काम नै रमाइलो बन्न सक्छ । जस्तै तपाइँलाई कुनै प्रविधीसँग खेल्न मन पर्छ भने प्रविधीसँगै खेल्न पाइने ठाउँमा जागिर खोज्नुस् । तपाइँलाई समाचार बनाउन वा भन्न मन पर्छ भने सञ्चार माध्यम उपयुक्त हुन सक्छ । आफूलाई के मन पर्छ थाहा पाउनुस् अनि जागिर खोज्नुस् ।

job tricks





अधिकाँश मानिसहरु आफूलाई मन नपर्ने फिल्डमा अल्झिरहेका हुन्छन् । यसले तपाइँको जीवनमा असन्तुष्टी भरिन्छ ।

2 आफ्नो योग्यता बुझ्नुस्
तपाइँसँग के काम गर्ने योग्यता वा शैक्षिक डिग्री छ भन्ने कुरा जागिरसँग प्रत्यक्ष सम्बन्धि विषय हो । आफूले चाहेको जागिर खानका लागि चाहिने योग्यता वा डिग्री छ कि छैन विचार गर्नुस् । छैन भने त्यो डिग्री हासिल गर्न लागि पर्नुस् । तपाइँले आफूलाई योग्य बनाउनु भो भने जागिर खोज्नु पर्दैन जागिरले तपाइँलाई खोज्छ ।

job tricks 1
3 परामर्श लिनुस्

तपाइँलाई आफूले के गर्न चाहन्छु र के गर्न सक्छु भन्ने अलमल छ भने परामर्श लिनुस् । करिअर काउन्सेलिङका लागि संघ संस्थाहरु पनि सक्रिय छन् भने तपाइँको शिक्षक वा अविभावक पनि यसका लागि सहायक हुन सक्छन् । आफूसँग के योग्यता छ र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा परामर्श लिनुस् । त्यसैगरी विभिन्न जागिरबारे सञ्चालन गरिएका साइट समेत तपाइँका लागि सहायक हुन्छन् ।

job tricks 3

जागिर चाहियो? यसरी बनाउनुस् बायोडाटा
जागिर पाउने अचुक शुत्र