हुन त तपाइँको बायोडाटा विवरणले मात्रा तपाइँलाई राम्रो जागिर मिल्दैन । तर याद राख्नुस् राम्रो बायोडाटा विवरणले कम्तिमा तपाइँलाई अन्तर्वार्ताको शर्टलिष्टमा भने सजिलै पार्छ । तपाइँले चाहेको जागिर खान तपाइँको बायोडाटामा हुनु पर्ने १० कुराको चर्चा याहाँ गरिएको छ ।

१ तपाइँले आफू कति धेरै कुशल छु भन्ने कुरा देखाउन बायोडाटामा विवरण नदिनुस् । बरु तपाइँले गरेका हरेक काम र उपलब्धिलाई हाइलाइट गर्नुस् । तपाइँले गरेका उपलब्धिलाई ४ देखि ६ बुँदामा लेख्नुस् ।

२ आजकल बायोडाटा अनलाइन फर्मकोरुपमा भर्ने चलन आइसकेको छ । जहिले पनि चलेका पदावली अर्थात कि वर्डहरुलाई आफ्नो बायोडाटामा समावेस गर्न नभुल्नुस् ।

biodata

३ बायोडाटामा आफूले कति धेरै ठाउँमा जागिर खाएँ भन्ने कुरा ब्याख्या नगर्नुस् । तपाइँले एकै ठाउँमा कति धेरै वर्ष जागिर खाएँ भन्ने कुरामा पनि जोड नदिनुस् । यस्ता कुराको बारेमा कम भन्दा कम लेख्नुस् ।

४ तपाइँको अनुभव निक्कै लामो छ भने त्यसलाई बायोडाटामा सारांस नबनाउनुस् । सके सम्म कम र १ वा २ पेजमा सबै कुरा उल्लेख गर्नुस् । तपाइँको बायोडाटा तपाइाको जीवनी होइन । भूमिका र अनुभवलाई मात्र हाइलाइट गर्नुस् ।

५ भनिन्छ तपाइँको बायोडाटाको माथिल्लो भाग पढेर नै अन्तवार्तामा बोलाउने नबोलाउने निर्णय गरिन्छ । तसर्थ सके सम्म तपाइँको इमेल वा मोबाइल नम्बर पुछारमा मात्र लेख्नुस् । तपाइँको क्षमता र अनुभवलाई सबैभन्दा माथि लेख्नुस् ।

biodata 1

६ बायोडाटामा सके सम्म छोँटा वाक्य लेख्नुस् ।

७ आफ्नो बायोडाटालाई विभिन्न भागमा बाँढ्नुस् । जस्तै कामको अनुभव, अवार्ड, वा अन्य ।

८ सके सम्म बायोडाटामा लेखिएको भाषामा फन्ट धेरै ठूलो वा सानो नगराउनुस् । १० वा १२ को फन्ट प्रयोग गर्नुस्। अनुभव समय अनुसार मिलाउनुस् ।

९ बायोडाटँमा तस्विर ग्राफिक्स जस्ता लेआउट प्रयोग भुलेर पनि नगर्नुस् ।

१० राम्रो बायोडाटामा कुनै पनि एक कुरलाई दोहोर्‍याएर भनिएको हुँदैन । बायोडाटा बनाउँदा साथीभाइलाई देखाएर पुनर्लेखन गर्नुस् ।