हिन्दु धर्मग्रन्थ रामायणमा लङ्कापति रावणकी पत्नी ‘मन्दोदरी’लाई सुन्दरी, धार्मिक र नैतिकवान स्त्रीको रूपमा वर्णन गरिएको छ। उनी रावणकी धर्मपत्नी हुन।

उनी आफ्ना पतिलाई सदा सत्य र धर्मको बाटो हिँड्न सुझाब दिन्थिन्। रावण आफ्नो शक्तिको अहंकारले भरिएका थिए। जब रावणले रामकी पत्नी सीतालाई हरण गरेर लङ्कामा ल्याएका थिए, तब मन्दोदरी बनेकी थिइन। सो कार्य अनैतिक भएको मन्दोदरीलाई थाहा थियो। बारम्बार सीतालाई रामकै साथमा छोडिदिन रावणसँग आग्रह गर्थिन्।Ram attacking Ravan

श्रीराम, उनकी पत्नी सीता, भाई लक्ष्मण, भक्त हनुमान, बाँनर सेना, राक्षस राजा रावण, लंकाको युद्ध, रामको विजय, रावणको मृत्यु, त्यसपश्चात रावणकी पत्नी मन्दोदरीको जीवमा के के भयो? मन्दोदरी आफ्नो पति रावणको मृत्यु पश्चात कसरी रहिन्? दाईको पक्ष छोडी सत्यको पक्ष लिएका विभिषणलाई लङ्काको राजा बनाएपछि उनले के गरिन्? आजको धर्म अङ्कमा:

१. अप्सरा मधुरा र भगवान शिव

शिव पुराणमा एउटा कथाप्रसङ्ग उल्लेख गरिएको छः एक दिन माता पार्वती कैलाश पर्वतमा नभएको बेला मधुरा नामकी एक अप्सरा त्यहाँ पुगिन् र शिवजीलाई ध्यान गरिरहेको अवस्थामा देखिन्। शिवको गहिरो ध्यान अनि उनको उन्मत्त शरीर देखेर मधुराको जोवनमा रस पैदा हुन थाल्यो र शिवजीको अगाडि उत्तेजनामा नाच्न लागिन्। शिवको पुरै शरीरमा लुटुपुटु हुँदै आफ्नो शरीर भरि शिवजीको भष्म दल्न थालिन्।Apsara madhura Dancing in front of Lord shiva

यत्तिकैमा पार्वती त्यहाँ आइपुगिन् र कुनै अञ्जान स्त्री आफ्ना पति भगवान शिवसँग लडबडिँदै गरेको देखेर क्रोधित पार्वतीले मधुरालाई एक भ्यागुतोमा परिवर्तन गरि सदाको लागि इनारमा लगेर फ्याँकिदिइन्।parvati changed madhura into frog

२. पार्वतीको करुणा

पार्वतीको यस्तो क्रोध देकेर शिवजी पनि ध्यानबाट बाहिर आएर पार्वतीको क्रोधलाई शान्त गर्न तर्फ लागे। शिवले आग्रह गरे- “हे पार्वती! हे करुणामयी! तिम्रो दयाको कुनै सीमा छैन, यो सारा ब्रह्माण्ड तिम्रै दया र करुणामा अडिएको छ। यस्तो महान् तिमीले क्रोधको भरमा कुनै एक अप्सरालाई श्राप दिनु अधर्म हुन्छ। त्यसैले पार्वती, उनको श्राप फिर्ता लेऊ!”shiva convincing parvati

शिवजीको यस्तो वचन सुनी पार्वतीले पनि आफूले अधर्म गरेको महशुस गरिन् र भनिन्- “हे अप्सरा! तिमीले आफ्नो कर्मको फल त भोग्नैपर्छ। त्यसैले १२ वर्ष पछि तिमी आफ्नो वास्तविक रूपमा फर्किनेछौ।”

३. मायासूर र हेमाको तपस्या

असूरहरूका राजा ‘मायासूर’ र उनकी पत्नी ‘हेमा’का दुई पुत्र थिए- ‘मायावी’ र ‘दुन्दुभी’। तर उनीहरूलाई एक पुत्रीको आशा थियो। त्यसैले भगवानको वरदानको लागि उनीहरू कडा तपस्या बस्न थाले।Mayasur meditating for the boon of getting Daughter

यसैबेला मधुराको १२ वर्षको श्रापको पनि अन्त्य हुन लागिसकेको थियो। जब भ्यागुतो रूपी अप्सरा आफ्नो वास्तविक रूपमा फर्किइन्, तब इनारमा उनलाई बचाउने कोहि थिएनन् र मद्दतको लागि गुहार्न थालिन्।madhura renamed Mandodari

उता तपस्या गरिरहेका मायासूर र हेमाले मधुराको चित्कार सुने र बचाउन इनारतर्फ लागे। इनारबाट मधुरालाई उद्धार गरिसकेपछि, उनीहरूले उसैलाई आफ्नी धर्मपुत्री बनाए र ‘मन्दोदरी’ नाम दिए।

४. मन्दोदरी र रावण

यता रावण पनि आफ्नो राज्यबाट शिकारको लागि बाहिर निस्किएका थिए। यसैक्रममा मायासूरको दरवारमा पसि उनलाई भेटेर फर्किने निर्णय गरे। दरबारमा मन्दोदरीलाई देखेपछि उनको सौन्दर्यबाट लोभिएका रावणले मायासूरसँग मन्दोदरीको हात मागे, तर मायासूरले अस्वीकार गरे। जसको कारण रावण क्रोधित भए र विवाह नगरिदिए सारा असूरहरूको वध गरी मन्दोदरीलाई लङ्का लैजाने डर देखाए।Mandodari marries ravan and has three children

मन्दोदरीलाई थाहा थियो कि रावण पनि शिवका महान भक्त हुन्। मन्दोदरीले रावणसँग विवाह स्वीकारिन्। अन्ततः रावण र मन्दोदरीबाट ३ पुत्र भए- मेघनाद, अतिकाय र अक्ष्यकुमार।

५. कर्तव्यपरायण पत्नी

रामसँग युद्धको लागि जानुअघिसम्म मन्दोदरीले रावणलाई सम्झाउँदै थिइन, बुझाइरहिन अनि अधर्मको बाटोतर्फ नलाग्न अन्तिम समयसम्म आग्रह गरिन। तर आफ्नो शक्तिको घमण्डमा अन्धो बनेका रावणले उनको कुरा सुनेनन्।mandodari convincing Ravan to free Sita

मन्दोदरी दिनदिनै सीतासँग बसेर दुःखसुखको कुरा गर्दै रुन्थिन्। सीताले पनि उनीलाई साथी बनाई खुलेर सबै कुराहरू भन्थिन्।

रावणको यस्तो अन्धोपना देखेर मन्दोदरीले अझै पनि हार मानेकी थिइनन्, उनलाई विश्वास थियो कि रावण शक्तिशाली छन्। त्यसैले रामसँग युद्ध गर्नको लागि तयार हुँदा मन्दोदरीले रावणलाई शुभकामना पनि दिएकी थिइन्। तर उनलाई थाहा थियो कि भविष्यमा के हुनेछ भनेर।mandodari wishing her husband before fighting with Ram

६. रावणको मृत्यु

युद्धको अन्त्य भैसकेपछि मन्दोदरी युद्धमैदानमा पुगिन्- जताततै आफ्ना भाइ-भारद्वाज, सेना, आफ्ना पुत्रहरू अनि आफ्ना पति रावणको लास।Mandodari at battlefield in front of Ravan's Corpse

यस्तो विचलित अवस्थामा मन्दोदरीले जब रामतर्फ फर्केर हेरे, तब उनले बुझिन् कि राम कुनै साधारण पुरुष होइनन्, ऊ त स्वयं भगवान विष्णुका अवतार हुन्।Lord Ram Statue

७. राजा विभिषण

रामले विभिषणलाई लङ्काको राजा हुन सुझाव दिए र देशलाई धर्म र विकासको बाटोमा लैजान आग्रह गरे। साथै विभिषणलाई आफ्ना दाजुकी पत्नी मन्दोदरीसँग विवाह गरी लङ्काकी रानी बनाउन सल्लाह दिए।Lord Ram suggesting Vibishan to be king of Lanka

मन्दोदरीलाई पनि रानी हुनुको कर्तव्यबोध गराए र जसले अधर्मी काम गर्छ उसको अवश्य पनि विनाश हुन्छ भनेर रामले सम्झाए।

त्यसपछि जब राम, सीता, लक्ष्मण, हनुमान र अन्य वानरसेनाहरू अयोध्या फर्किए, तब मन्दोदरी आफ्नो दरबार फर्किइन् र आफूलाई एउटा कोठामा थुनेर कहिल्यै पनि बाहिर ननिस्कने निर्णय गरिन्।Saying goodbye to Ram, Sita, Laxman, Hanuman

८. रानी मन्दोदरी

केहि समयपश्चात जब मन्दोदरीलाई आफ्ना प्रजाहरूको चिन्ता लाग्न थाल्यो, तब उनी कोठाबाट बाहिर निस्किन् र विभिषणसँग विवाह गरेर रानी बन्ने निर्णय गरिन्। संस्कारअनुसार विभिषण र मन्दोदरीको विवाह भयो र उनीहरूले लङ्कालाई धर्मको बाटो तर्फ लैजाने अठोट गरे।mandodari Marries with vivishan

यो पनि हेर्नुहोस्-
सीताको स्वयम्वर झण्डै रावणसँग भएको
सीता जनक होइन् रावणकी छोरी, त्यसैले भएन रावणसँग विवाह
मनले चाहेको जीवनसाथी पाउने मन्त्र…
कुम्भकर्ण किन ६ महिनासम्म सुत्थे?
रामायणको गोप्य कथाः रामले गर्दा लक्ष्मणको मृत्यु
कथै बदलिदिने रामायण र महाभारतका १४ श्राप