हिन्दु धर्म ग्रन्थ अनुसार राम नवमीको दिन भगवान श्रीरामको जन्म भएको थियो। अधर्म बढेपछि धर्तीमा आएका विष्णु रुप श्रीरामले रावणको वध गरेका थिए। तर धेरैलाई यो थाहा छैन कि रावणको सानो एक भूलको कारण नै उसको मृत्यु सम्भव भएको थियो। नत्र भगवान श्रीरामले समेत रावणको वध गर्न सक्थेनन्।10 headed Ravan

रावणको एक गल्ती बन्यो आफ्नै मृत्युको कारण

लङ्कापति रावण विश्वबिजेता बन्न चाहन्थे। तर उनलाई यो थाहा थियो कि स्वयं भगवानको वरदान बिना उनको सपना पुरा हुन सक्थेन। त्यसैले उनले आफ्ना पूर्वज देवता ब्रह्मालाई प्रसन्न गराउनको लागि घोर तपस्या गर्न थाले।Ravan- the ultimate conqueror - Copy

कैयौँ वर्षसम्म तपस्या गर्दा पनि ब्रह्मा रावणसामु प्रकट भएनन्। त्यसपछि रावणले आफ्नो तपस्यालाई अझ बढि उग्र बनाउन थाले। उनले आफ्नो शिर काट्दै ब्रह्मालाई चढाउन थाले। ब्रह्माकै सन्तान भएको कारणले गर्दा रावणले जति टाउको टाकेपछि फेरि पलाउँदै जान्थ्यो।

रावणले आफ्ना १० वटा टाउको काटेर चढाएपछि भने ब्रह्माजी प्रसन्न भए र रावणसामु प्रकट भए। ब्रह्माले भने- “हे वत्स! म तिम्रो कठोर तपदेखि प्रसन्न भएँ। के वर माग्छौ, माग!”10 headed Ravan and Shri Ram fighting

विश्वलाई जित्नको लागि अमरत्वको वरदान बाहेक अरू कुनै काम छैन भन्ने हेतुले रावणले ब्रह्मासँग अमरत्वको वरदान मागे, तर ब्रह्माले भने- “मृत्यु त तय नै छ वत्स! यो संसारमा जन्म लिएपछि मर्नु त अवश्य पर्छ। त्यसैले म तिमीलाई अमरत्वको वरदान दिन असमर्थ छु। तिमी अरू कुनै वर माग!”

त्यसपछि महत्वाकांक्षी रावणले भने- “हे ब्रह्मदेव! मलाई कुनै पनि देव तथा स्वर्गीय आत्माले वध गर्न नसकोस्। हे देव! मलाई कुनै पनि दानव, राक्षस र भयङ्कर जनावरले परास्त गर्न नसकून्! मलाई यो वरदान दिनुहवस् कि म यी सबैसँग विजयी होऊँ!” ब्रह्माले पनि “तथास्तु!” भने र त्यहाँबाट अन्तर्ध्यान भए।

आफ्नो शक्ति र पराक्रमदेखि अन्धा बनेका मूर्ख रावणले यो सोँच्थे कि उसलाई मानवजातिले केहि गर्न सक्दैन। मानिस त उसको लागि भोजनसरह हो, जसलाई सजिलै कुल्चिँदै परास्त गर्न सकिन्छ। उसको यहि भूल थियो कि मानवजातिलाई उसले कमजोर ठान्यो। त्यसैले त श्रीरामले उसको १० वटै टाउको छिन्नभिन्न बनाउँदै निर्मम तरिकाले वध गर्न सके।Ram aiming to kill ravan

निष्कर्ष– आफ्नो शक्तिप्रति घमण्ड गरेर कसैलाई पनि कमजोर ठान्नु हुँदैन। एउटा सानो कमिला पनि त्यत्रो ठूलो हात्तीको मृत्युको कारण बन्न सक्छ। प्रकृतिको लीला नै अपरम्पार छ। जङ्गलको राजा भनिने सिंहलाई अरू कसैले पनि हराउन सक्दैन, तर ऊ स-साना झिँगा तथा कीराहरूको सिकार बन्न पुग्छ।

यो पनि हेर्नुहोस्-
महाभारतमा पनि हनुमानको महत्वपूर्ण भूमीका, पढ्नुहोस् रोचक कथा…
रावणको मृत्युपश्चात के भयो मन्दोदरीको जीवनमा?
कुम्भकर्ण किन ६ महिनासम्म सुत्थे?
रामायणको गोप्य कथाः रामले गर्दा लक्ष्मणको मृत्यु