एजेन्सी । सामाजिक सञ्जालका कारण विभिन्न खालका तस्वीर बेलाबेला भाइरल हुने गर्दछन् । चाहे राम्रा तरिकाबाट हुन् वा नराम्रा । यस्तै घटना ठूलै घरानामा परेको छ ।

किर्गिस्तानमा राष्ट्रपतिको कान्छी छारी आलिया शागयीवाले आफ्नो बच्चालाइ स्तानपान गराएका एक तस्वीर एकाएक भाइरल भएको हो ।
यो तस्वीरमा आलिया अण्डरवेयरमा छिन् र आफ्नो छोरालाई दूध पिलाइरहेकी छिन् । गएको अप्रिलमा आलियाले यो तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

तस्वीर पोष्ट गर्दै उनले लेखेकी थिइन्, ‘मेरो छोरा भोकाउँछ भने म जहाँ पनि जतिखेर पनि उसलाई स्तनपान गराउँछु ।’ यो फोटोलाई लिएर उनीमाथि अनैतिक व्यवहार लाग्यो र उनले अन्तिममा बाध्य भएर पोष्ट नै हटाउनु पर्यो ।

बीबीसीसँगको कुराकानीका क्रममा उनले भनेकि छिन्, ‘यो बहस महिलाको शरीरलाई कामुकतासँग मात्रै जोडेर हेरिएको छ । मलाई इश्वरले जुन शरीर दिएको छ यो अश्लिल छैन, यो सुन्दर शरीर हो जुन मेरो छोराको आवश्यक सबै चाहना पूरा गर्न सक्षम छ । यसलाई कामुकताको नजरबाट हेर्नु हुँदैनथ्यो ।’

उनको यो तस्वीरबारे सामाजिक सञ्जालमा मात्रै आलोचना भएन कि उनका बुबा आमा अर्थात राष्ट्रपति अल्माजबेक आत्मवयेव र पत्नी राइसा पनि खुशी थिएनन् । आलिया सामाजिक संजालमा बढी सक्रिय छिन् र आफ्नो परिवार र दैनिकीबारे पोष्ट गरिरहन्छिन् ।