१९ मंसिर, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई आइतवार साँझ राष्ट्रपति भवन शितल निवास बोलाएकी थिइन । सर्वदलिय बैठकमा पार्टीका सबै शीर्ष नेताहरु सहभागी भएका थिए । दिउँसो साढे ४ बजेको लागि बोलाइएको भएपनि आधा घण्टा ढिलो गरी सर्वदलिय बैठक सुरु भएको थियो । राष्ट्रपति भण्डारीको दायाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बायाँ सभामुख ओनसरी घर्ती बसेका थिए । तल दलिय मर्यादाक्रम अनुसार बस्ने व्यवस्था मिलाइएको थियो । तल्लो लहरमा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली आमुन्ने सामुन्ने थिए ।

प्रचण्डको चुनौती- एमालेले भन्नु पर्‍यो, “हामीले राष्ट्रघात शुरु गरेका थियौं”

सुरुमै बोलेका एमाले अध्यक्ष ओलीले काँग्रेसलाई सहमति तोडेको आरोप लगाएका थिए । ओलीले राती ल्याएको संविधान संशोधन विधेयक ठूलो आशंका गरेको भन्दै प्रधानमन्त्री प्रचण्डतिर खनिएका थिए । ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘यो संविधान संशोधन प्रस्तावमाथि ठूलो आशंका छ, किन राती ल्यायो, यो संवैधानिक पनि छैन, अवैधानिक प्रस्तावलाई संसदमा प्रवेश गर्न पनि दिदैनौं ।’ सरकारप्रति निकै आक्रामक रुपमा प्रस्ताव भएका ओलीले कांग्रेसले सत्ताको नाममा सहमति तोडेको बताएका थिए ।

sarbadalia-meeting-shitalniwas

लगत्तै राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले संविधान संशोधन अहिलेको आवश्यकता भएको बताउदै संविधान कार्यान्वयन गर्नको लागि सबै दल मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए । ओलीको आक्रामक अभिव्यक्तिलाई मधेसी दलका नेता र कांग्रेस सभापति देउवाले गम्भीरताको साथ लिएका थिए । ओलीले राष्ट्रपतिलाई मात्र सम्बोधन गरेर प्रधानमन्त्रीलाई सम्बोधन समेत गर्ने काम गरेनन् भेटमा सहभागी ती नेताले बताए । कमल थापा बोले लगत्तै कांग्रेस सभापति देउवाले ओलीलाई अहिले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कांग्रेस र एमालेले हस्ताक्षर गरेको प्रस्ताव अनुसार ल्याएको बताएका थिए ।

मोर्चाको नयाँ मागः कैलाली, कञ्चनपुर र सुनसरी टुक्रयाए सहमति !

कोइराला र ओलीजीले हस्ताक्षर गरेको सात प्रदेश अनुसार नै अहिले प्रस्ताव आएको छ, त्यति बेला ठिक हुने अहिले किन बेठिक हुने भन्दै ओलीमाथि देउवाले प्रश्न गरेका थिए । निकै आक्रामक रुपमा प्रस्तुत भएका देउवाको अभिव्यक्तिप्रति यो आरोप हो भन्दै ओलीले प्रतिवाद गर्न खोज्दा देउवाले भनेको थिए–मिस्टर चुप ठूला कुरा गर्ने ?’ देउवाले सीमाका रक्षा गर्ने मधेसी जनतालाई होच्याउने काम गरेर सामाजिक सदभावना विथोल्न खोजेको समेत आरोप लगाएका थिए । देउवा र ओलीको चर्काचर्की बैठकको विषयवस्तु नै अन्तै मोडिएको बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डले सबैको सहमति हुन्छ भने सरकारले ल्याएको संविधान संशोधन परिमार्जन गर्न सरकारलाई कुनै आपत्ति नभएको बताएका थिए ।

अनुराधाको बोलीले संसदमा हंगामा, आज पनि अवरुद्ध
भारतले भन्यो- “संसोधन विधेयक दर्ता हुनु महत्वपूर्ण कदम”