२ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चारवटा विधेयक प्रमाणीकरण गरेकी छन ।

व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुन आएको सहकारी विधेयक २०७४, स्वास्थ्य बिमा विधेयक २०७४, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४, र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७४ बुधबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।