३ असोज, काठमाडौं ।

संविधान जारी गर्नका लागि ५ बजे तोकिएको समय राष्ट्रपतिका कारण ढिलो हुने भएको छ । ५ वजे राष्ट्रपतिले संविधान जारी गर्ने समारोह शुरु हुने भएपनि राष्ट्रपति केही ढिलो समारोहमा पुग्ने बताइएको छ ।

संविधानसभा सचिवालयले राष्ट्रपति ५ देखि ६ बजेको बीचमा मात्र संविधानसभा आउने जानकारी दिएको छ । राष्ट्रपति किन तोकिएको समय भन्दा ढिलो पुग्न लागेका हुन भन्ने विषयमा सचिवालयले स्पष्ट जानकारी दिएको छैन ।

sambidhan sava baneshwor (3)

राष्ट्रपतिको उपस्थिति देखि सम्बोधनका विषयमा समेत विवाद भैरहेको सममया राष्ट्रपति समारोहमा पनि ढिलो पुग्ने कुराले नयाँ विवाद जन्माउने सम्भावना समेत देखिएको छ ।

संविधान जारी हुन लाग्दा को खुसी को बेखुसीः राष्ट्रपति देखि बाबुराम सम्म