२८ भदौ,काठमाडौँ। राष्ट्रिय बाल दिवस २०७४ का अवसरमा राष्ट्रपति कार्यालयले आज ‘राष्ट्रपतिसँग बालबालिका’ कार्यक्रम आयोजना गर्यो ।

उक्त कार्यक्रममा परोपकार माध्यमिक विद्यालय, शारदा मावि र समता स्कूललगायतका विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रपति कार्यालयको प्राङ्गणमा बालबालिकालाई खेल्ने व्यवस्थासमेत गरिएको थियो ।

सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक बालबालिकामा भोलिको देश देखिने हुँदा ती बालबालिकालाई आज असल शिक्षा दिन आवश्यक छ भने ।

राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढाउँदै लैजानुपर्ने र प्रतिफल पनि त्यहीअनुसार आउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनेकतामा एकता कायम गर्दै बालबालिकालाई अगाडि बढाउने एउटा कडीका रूपमा बाल दिवस मनाउँदै आएको पनि बताए।

बिहीबार ‘बालमैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइँदै छ ।