७ जेठ, एजेन्सी ।

साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उनको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैछन्। इस्लाम धर्मालम्बीहरुको सबै भन्दा पबित्र भूमिमा उभिई उनले बिश्वभरीका मुसलमान समुदाय एक जूट भै आतङ्कबादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गर्नेछन् ।

तपाइँहरुले सदैब पूजा, आराधना गर्नु हुने पबित्र भूमिबाट आतङ्कबादीलाई धपाउनु होस् – ड्राइभ आउट द टेरोरिस्टस् फ्रम योर प्लेसेज् अफ वर्सिपू भन्ने आह्वानका साथ राष्ट्रपति ट्रम्पले पचास भन्दा बढी इस्लामी र अरबी नेताहरुमाझ आफ्नो सम्बोधन मन्तब्य प्रकट गर्ने भ्रमण टोलीका प्रबक्ताले सञ्चार माध्यमहरुलाई बताएका छन् ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचन ताका उनि मुसलमान समुदायप्रति बढ्तै आक्रामक भै प्रचार प्रसारको क्रममा प्रयोग गरेको वाक्यप्रति पनि उनले क्षमा याचना गर्ने र अहिलेको सम्बोधन भाषणमा मुशलमान समुदायले मान्दै आएको आस्था र धर्मप्रति आफ्नो पनि सम्मान र आस्था प्रकट गर्ने र अत्यन्त शिष्ट, नरम र मुदु भाषा प्रयोग गरिने समेत जनाइएको छ ।