८ माघ, एजेन्सी।
आफू राष्ट्रपति नरहे पनि अमेरकी समाजको लागि काम गर्न भने नरोकिने बाराक ओबामाले बताएका छन्।

अमरिकी राष्ट्रपतिको दुई कार्यकाल सकिएपछि शुक्रबार बाराक ओबामा ह्वाइट हाउसबाट बिदा भएका छन्। संगै अमेरिकाको ४५ औँ राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेका छन्।

ट्रम्पको शपथ ग्रहण समारोहको केही घण्टा पहिले ओबामाले एक पछि ट्वीट गरे।

ओबामाले अमेरिकी जनतासंग भने, ‘तपाइहरुको सेवा गर्नु मेरो जीवनको लागि गौरवको कुरा रह्यो। तपाइहरुले मलाई असल नेता अनि असल मान्छे बनाउनुभयो।’

एक अर्को ट्वीटमा ओबामाले भने, ‘म रोकिने छैन। सत्य र न्यायको लागि उठाइएको तपाइको आवाज र प्रेमबाट प्रेरित हुँदै एक मानवको नाताले तपाईको साथ हुनेछु।’

ओबामाल लेखे, ‘अगाडी बढेर, म सबैभन्दा पहिले ती मुद्धामा काम गर्न चाहुन्छु जुन तपाईसंग सबैभन्दा बढी सम्बन्ध राख्छ।’

एक अर्को ट्वीट गर्दै ओबामाले लेखेका छन् ‘म अझै पनि तपाईलाई भन्छु कि परिवर्तनको लागि मलाई होइन, आफ्नो योग्यतामाथि भर पर्नुस्। म परिवर्तनमा विश्वास गर्नु किनकी म तपाईमाथि विश्वास गर्छु।’